मनोज कार्की \ गुल्मी १०, असोज । छड्के न्युज डटकम -गुल्मीको मदाने गाउँपालिका २ बाँझकटेरीमा संचालन भएको स्मार्ट कृषि कार्यक्रममा उपभोक्ता समितिले आम्दानी–खर्च विवरण सार्वजनिक गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि लुम्बिनी प्रदेश , कृषि ज्ञान केन्द्र गुल्मी र मदाने गाउँपालिकाको सहयोगमा संचालित स्मार्ट कृषि कार्यक्रम २०७७÷०७८ को आम्दानी खर्च सार्बजनिक गरेको हो । दुध र दुग्धजन्म पदार्थमा आत्मनिर्भर बनाउन उदेश्यले २०७६÷०७७ मा मदाने गाउँपालिकाका सात वटा वडा मध्ये वडा न २ बाझकटेरीमा संचालन गरिएको स्मार्ट कृषि कार्यक्रम मुल समितिका उपाध्यक्ष चक्रबन्धु भुसालले जानाकारी दिए । पहिलो बर्ष ५० जनाको समुहमा सुरु गरिएको स्मार्ट कृषि कार्यक्रममा हाल ७२ जना आबद्ध रहेका छन् । स्मार्ट कृषि कार्यक्रममा ९ जनाको मुल समिती गठन गरिएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा कृषि ज्ञान केन्द्र गुल्मीबाट २७ लाख ६९ हजार रुपैयाँ र मदाने गाउँपालिकाबाट ९ लाख २२ हजार २ सय ७० रुपैयाँ र उपभोक्ताबाट उठाउनुपर्ने कूल बजेटको २० प्रतिशत अनुसार १ लाख ९५ हजार ३ सय गरि जम्मा ५० लाख ४८ हजार ३८ रुपैयाँ कृषि कार्यक्रमको लागि आएको थियो । यो कुल रकम अघिल्लो वर्षको बचत ११ लाख १५ हजार ६ सय ६८ रुपैयाँ सहित भएको उपभोक्ता समितिका सचिव बिष्णु भुसालले जानकारी दिए । कुल रकम मध्ये स्मार्ट कृषि कार्यक्रमको लागि ४० लाख ४३ हजार ८ सय ५८ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा पनि १० लाख ४ हजार १ सय ८० रुपैयाँ बचत रहेको स्मार्ट कृषि कार्यक्रमका सचीव भुसालले जानकारी दिए ।
उत्कृष्ट तीन कृषक सम्मानित
कार्यक्रममा स्मार्ट कृषि कार्यक्रमको आम्दानी खर्च प्रस्तुत गर्दै स्मार्ट कृषिमा आबद्ध ७२ जना मध्ये उत्कृष्ट पशुपालन तथा कृषि गर्ने तीन कृषकलाई सम्मान गरिएको छ । गोर बहादुर सामत, डालाराम भुसाल र हिमा भुसाल सम्मानित भएका हुन् ।कृषि र पशु पालनमा प्रधिस्पर्धा गराएर विकास गर्ने योजना अनुरुप ऊनीहरुलाई नगद र प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको हो । कार्यक्रम अनुसार भैंसी र गाई खरिद गरि कृषकलाई बाँडफाँड , जिन्सी सामाग्री अन्तर्गत उक्त कार्यक्रममा प्रिन्टर १, कम्प्युटर १, ल्यापटप १ लगायत टेबुल कुर्सी समेत रहेको आम्दानी–खर्च कार्यक्रममा सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा भकारो सुधार अन्तर्गत २ लाख ११ हजार ८ सय २ रुपैयाँ, भैंसी पाडा खरिदमा १ लाख ७६ हजार, पाडी १० लाख २९ हजार ५ सय रुपैयाँ र ढुवानीमा ७८ हजार रुपैयाँ खर्च भएको छ । चाँपकटर खरिदमा ५ लाख , भवन निर्माणमा १२ लाख ७४ हजार रुपैयाँ, सहजकर्ता ७७ हजार ८ सय रुपैयाँ लगायतमा खर्च सार्वजनिक गरिएको थियो ।
स्मार्ट कृषिमा आबद्ध सम्पूर्णको कार्यक्रममा सहभागी रहेको कार्यक्रममा सहभागीले थुप्रै गुनासा राखेका थिए । गुनासाको जबाफ समितिका अध्यक्ष हिमलाल भुसाल, उपाध्यक्ष चक्रबन्धु भुसाल, सचिव बिष्णु भुसाल लगायतले जवाफ दिएका थिए । कार्यक्रममा पछिल्लो वर्ष २२ पाडीहरु ४१ हजार देखि ५० हजार सम्मका खरिद गरिएको थियो । लगभग त्यही मुल्यका ४१ हजार देखि ५० हजार सम्मका ४ पाडा खरिद गरिएको स्मार्ट कृषि मुल समितिले जानाकारी दिएको छ ।
स्मार्ट कृषिर हेफर कार्यक्रम मदाने गाउँपालिकाको वडा नं २ बाझँकटेरी नयाँ तथा नौलो भएकाले यस कार्यक्रमलाई कृषकले अबसरको रुपमा लिनुपर्ने कार्यक्रमका बिशेष अतिथि तथा गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताईन् । कार्यक्रमका प्रमसख अतिथि तथा गाउँपालिकाका अध्यक्ष दान बहादुर केसी बोल्दै कृषकले यसलाई ब्याबस्थित गरि कृषि तथा पशुपालन गर्न सकेमा कृषकको जीवनस्तर उकास्न सजिलो हुने बताए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दान बहादुर केसी, उपाध्यक्ष सरिता खड्का, वडाध्यक्ष माधव भुसाल , गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ऋषि पोखरेल, कृषि शाखा प्रमुख हुम बहादुर थापा, पशु शाखा प्रमुख बसन्त भुसाल, वडा सचिव ठगुराम भट्टराई वडा, वडा सदस्य भविलाल भुसाल, वडासदस्य हुमा थापा, नेपाली काँग्रेस बाँझकटेरी सभापति कृष्ण प्रसाद भुसाल, माओवादी केन्द्रका मोतिराज भुसाल, राप्रपाका बृज बहादुर खत्री लगायतको आतिथ्यता रहेको थियो ।