मुसिकोट नगरपालिकामा स्थापित कृष्णहरी रुद्रावती आँखा उपचार केन्द्रले मुसिकोटका सबै वडामा आँखा शिविर संचालन गर्ने अभियान शुरु गरेको छ ।
मुसिकोटका विभिन्न विद्यालयका बिद्यार्थीका निशुल्क आँखा चेकजाँच गरि थकाई पूरा नहुदै पुन वडा वडामा आँखा शिविरको अभियान संचालन गरेको छ ।
मुसिकोट २ मा क्लबसङ समन्वय गरि आँखा गरिसकिएको र माघ १३ गते मुसिकोट १ मा पनि शिविर सम्पन्न भएको र यहि माघ १६ गते मुसिकोट ३ ठुलोपोखरा बडागाउ स्वास्थ्य चौकीमा र माघ १९ गते आपचौर स्वास्थ्य चौकी मुसिकोट वडा न ५ मा संचालन गरिने यसरी नै अन्य वडामा समेत आँखा शिविर संचालन गरिने कृष्णहरी रुद्रावती आँखा उपचार केन्द्र मुसिकोटका अफथाल्मिक टेक्निसियन दिपेन्द्र ज्ञवालीले बताउनु भयो ।
शिविरमा आँखा निशुल्क चेकजाँच गर्ने , मोतियाबिन्दु भएका बिरामीको नाम जम्मा गरि निशुल्क अप्रेशनको ब्यबस्था गर्ने, औषधि तथा चस्मा न्युनतम मुल्यमा उपलब्ध गराउने तथा ५५ वर्ष भन्दा माथिका नागरिककलाई दृश्य नजिक देखिने चस्मा रु १००/- उपलब्ध गराउने गरिएको आँखा उपचार केन्द्रका प्रमुख अनिसा आचार्य बताउनु भयो ।
शिविर बिहान १०:३० देखि दिउँसो ३ बजेसम्म संचालन गरिने उपचार केन्द्रले जानकारी दिएको छ ।