बुटवल : तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को फाइनल कार्यक्रम सम्पन्न भएको छ ।
गुल्मेली चर्चित माेडल कमल परियार ले गाेबिन्द पराजुली र सुनिता बुढाक्षेत्रीले गाउनु भएकाे मायाको मोहनी हासो गितमा माेड्लिङ गरेका थिए । परियारले तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोकदोहोरी अवार्ड २०८० बाट सर्वोत्कृष्ट म्युजिक भिडियो नव मोडल(पुरूष) ,मायाको ‘मोहनी’हासो नामक गीतबाट पहिलो चाेटी अवार्ड प्राप्त गर्न सफल भएका छन ।
स्वर्गीय कल्पना गैरे स्मृति फाउण्डेसनको सहयोगार्थ विशाल मुभिज प्रा.लि. अनामनगरद्धारा आयोजित तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को फाइनल कार्यक्रम तथा स्रष्टा सम्मान चलचित्र विकास बोर्डको सभाहलमा भव्यताका साथ सम्पन्न भएको कार्यक्रममा लोक तथा दोहोरी गीतसंग सम्बन्धित ३२ विधाका करिब ५० भन्दा बढी कलाकारहरूलाई उत्कृष्ट अवार्ड बितरण गरिएकाे हाे । यसै क्रममा गुल्मीमा जन्मनु भएका कमल परियारलाई नव माेडल (पुरुष) काे उत्कृष्ट अवार्ड प्रदान गरिएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा कमल परियार नामक आईडी बाट तपाईहरुले गर्नु भएकाे भाेट खेर गएकाे छैन मैले याे अवार्ड पाउनुमा तपाईहरुकाे ठुलाे हात छ भन्दै भाेट गरेर जिताउनु हुने सम्पूर्णलाई मनै देखि धन्यवाद प्रकट गरेका छन ।