गुल्मी: मुसिकोट युवा क्लबको आयोजनामा फाल्गुण १३ गते मुसिकोट-४ मा अवस्थित मुसिकोट माध्यमिक विद्यालयमा प्रजनन स्वास्थ्य समन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
क्लब स्थापनाको अवसरमा फाल्गुण १२ देखि १७ गतेसम्म विभिन्न कार्यक्रम गर्ने अभियान अन्तरगत फाल्गुण १२ गते क्लबको प्रथम अधिवेशन तथा दोस्रो साधारण सभा सम्पन्न गरेको छ भने फाल्गुण १३ गते मुसिकोट माध्यमिक विद्यालय मुसिकोट -४ गुल्मीका कक्षा ८/९/१० का विद्यार्थी र अभिभावकलाई प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम गरिएको क्लबका उपाध्यक्ष दिनेश सिंह ठकुरीले बताउनु भयो ।
मुसिकोट माध्यमिक विद्यालयका करिब १०० जना भन्दा बढि विद्यार्थी र अभिभावकलाई स्वास्थ्य सचेतना गरिएको थियो । प्रशिक्षणमा बडागाउ स्वास्थ्य चौकीका प्रमुख मनोज श्रेष्ठले किशोर किशोरी तथा महिला र पुरुषहरुले स्वास्थको ख्याल नगर्दा आई पर्ने समस्याहरु तथा रोगहरुलाई प्रजेक्टरको माध्यमबाट डाटा सहित प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी मुसिकोट माध्यमिक विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष गुप्त बहादुर कार्कीले मानव स्वास्थ्य संग जोडिएको महत्वपूर्ण कार्यक्रम ल्याएकोमा मुसिकोट युवा क्लबलाई धन्यबाद दिनुभयो ।
क्लबका अध्यक्ष वसन्त अधिकारीको अध्यक्षता, विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष गुप्त बहादुर कार्कीको प्रमुख आतिथ्यता, बडागाउ स्वास्थ्य चौकीका प्रमुख मनोज श्रेष्ठको प्रशिक्षण र सहायक प्रध्यानध्यापक ज्ञानेश्वर आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघ अध्यक्ष, स्वयंसेविका, विद्यालयका शिक्षक शिक्षिका, अभिभावक, विद्यार्थी समाजसेवी लगाएतको सहभागिता रहेको उपाध्यक्ष दिनेश सिंह ठकुरीले बताउनु भयो ।