मुसिकोट युवा क्लबले आफ्नो स्थापनाको अवसरमा एक हप्ते कार्यक्रम अभियान सम्पन्न गरेको छ ।
२०७९ फाल्गुण १७ गते औपचारिक दर्ता गरि सामाजिक काममा अग्रसर रहेको मुसिकोट युवा क्लबले स्थापनाको अवसरमा फाल्गुण १२ देखि १७ गतेसम्म एक हप्ते लामो छुट्टाछुट्टै कार्यक्रम सम्पन्न गरेको हो ।
स्थापनाको अवसरमा फाल्गुण १२ गते संस्थाको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन सहित लुम्बिनी वामी हस्पिटल प्रा.लि. सङ समन्वय गरि मधुमेहका रोगिहरुको निशुल्क चेकजाँच तथा डाक्टर परामर्श गरिएको जसमा करिब १०० जनाले सेवा लिएको, फाल्गुण १३ गते बडागाउ स्वास्थ्य चौकीसङ समन्वय गरि मुसिकोट माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थी र अभिभावकलाई प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम गरिएको , जसमा ९० जना भन्दा बढी सहभागिता भएको, फाल्गुण १४ गते एतिहासिक मुसिकोट दरवार परिसर सरसफाई गरिएको जसमा मुसिकोट २ दरवारटोलका आमाबुवा दाजुभाई तथा युवा साथीहरुको सहभागिता रहेको, कार्यक्रममा गुल्मी जिल्लाका डिएपि लाईसमेत मुसिकोट दरवारमा स्वागत गरिएको, फाल्गुण १५ गते मगर दिवस अवसरमा मगर जातिका दाजुभाईदिदिबहिनीहरुलाई सम्मान गर्दै शुभकामना आदान प्रदान गरिएको साथै महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका ११ र १२ का विद्यार्थीलाई मुसिकोट नगरपालिका शिक्षा शाखाको समन्वयमा किशोर किशोरी अवस्थामा आईपर्ने स्वास्थ्य समस्या र समधानका उपाय सहित प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम गरिएको जसमा १०० भन्दा बढि विद्यार्थी को सहभागिता रहेको फाल्गुण १६ गते मुसिकोटको एतिहासिक धार्मिक स्थल वामी कोट परिसर सरसफाइ गरिएको र स्थापनाको दिन फाल्गुण १७ गते नवनिर्वाचित समितिको पहिलो बैठक बसि पहिलो वार्षिकोत्सबको अवसरमा केक काटेर मनाईएको एक वर्षको अवधिमा सहयोग गर्नुहुने सबै तह तप्काका ब्यक्तित्वहरुलाई धन्यवाद ज्ञानप गरिएको साथै भावी कार्य योजना समेत निर्माण गरिएको क्लबका महासचिव विष्णु प्रसाद आचार्य चकित ले बताउनु भयो ।
गत वर्ष ठिक १७ गते क्लबको औपचारिक दर्ता गरि पत्रकार सम्मेलन गरिएको थियो अहिले प्रथम वार्षिकोत्सब मनाईदै छ गत वर्ष पहिलो काम भित्तेपात्रो निर्माण गरेका थियौ अहिले पनि पहिलो काम नयाँ वर्ष नजिकिएकोले भित्तेपात्रो निर्माण गरि बिमोचन गर्ने निर्णय भएको क्लबका वरिष्ठ उपाध्यक्ष अनुप पाण्डे (खिमलाल) ले बताउनु भयो ।
यो वर्ष क्लबले स्वास्थ्य, शिक्षा, सरसफाई, सस्कृती जगर्ना, युवा सशक्तीकरण, लक्षित वर्ग, समाज परिवर्तन, शुशासन, स्वरोजगार बसाइँसराइदर न्युनिकरण लगाएत क्षेत्रमा काम गर्ने क्लबका अध्यक्ष वसन्त अधिकारीले जानकारी दिनु भयो ।