बसन्त अधिकारी, गुल्मी: मुसिकोटका महिलाहरुले विभिन्न कार्यक्रम गरि ११४औं नारी दिवस भब्यताका साथ मनाएका छ्न ।
“महिलामा लगानी: सभ्य समुन्नत समाजको थालनी” भन्ने मुल नाराका साथ बिश्वभर मनाईको नारी दिवस मुसिकोटमा पनि भब्यताका साथ मनाइएको हो ।
मुसिकोट नगरपालिका वडा न २ का नारीहरु वडाको केन्द्र मुसिकोट देउरालीमा जम्मा भै विभिन्न महिला अधिकार समन्धि ब्यानर, पम्प्लेट र नारा सहित देउराली ठाटिकोचौर हुँदै एतिहासिक धार्मिक स्थल मुसिकोट दरवार सम्म पुगेको वडा सदस्य राधिका धिमिरेले बताउनु भयो ।
नारी दिवसको अवसरमा स्वतस्फूर्त विभिन्न तह र तप्काका नारीहरु जुटि कार्यक्रम गरियो पुर्व वडा सदस्य कोपिला घिमिरेले बताउनु भयो ।
मुसिकोट नगरपालिकाले प्रत्यक वडामा महिला समन्धी कार्यक्रम गर्ने भनिएता पनि यहि कार्यक्रम गर्ने भनेर तोकेको थिएन त्यसैले महिलाहरु आफै अग्रसर भै ब्यानर तथा पम्प्लेटहरु निर्माण गरि महिला सचेतना समन्धी कार्यक्रम गरेका हौ महिला लिडर साबित्रा विष्टले बताउनु भयो ।
११४औं अन्तर्राष्ट्रिय नारी दिवस सफल पारौं, नारी एकता जिन्दाबाद, महिला हिंसा अन्त्य गरौं लगाएत पम्प्लेट तथा ब्यानर सहित महिलाहरुले जागरण कार्यक्रम गरेको मुसिकोट युवा क्लबको सदस्य सुचना महतल बताउनु भयो ।
महिला र पुरुष मिलेर काम गरे मात्र हरेक काम सफल हुने भने एक अर्कालाई सम्मानको वातावरण सिर्जना गर्न सके मात्र समुन्नत समाजको कल्पना गर्न सकिने महिला अभियन्त सरिता पौडेलले बताउनु भयो । उहाँले आरक्षण भन्दा अवसर दिन सके महिलाहरु आत्मनिर्भर हुन सक्ने समेत उल्लेख गर्नु भयो ।