बसन्त अधिकारी, गुल्मी:
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड गुल्मी शाखाद्वारा एक कार्यक्रम बीच १४ लाख बराबरको मृत्युदाबी भुक्तानी गरिएको छ ।
जिल्लाको चन्द्रकोट गाउँपालिका ३ स्थित निजको निवासमा पुगी हकवाला श्रीमती मायादेवी खत्रीको नाममा १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो। करिब ११ महिना अगाडि वैदेशिक रोजगारका लागि बहराइन पुगेका खत्रीको मिति २०८० मङ्सिर १४ गते मृत्यु भएको थियो। निज खत्रीले वैदेशिक रोजगारीमा जानु अगाडि प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्समा बीमा गराएका थिए।
कार्यक्रममा गाउँपालिका प्रमुख युवराज केसी, वडाध्यक्ष जिल्लीराज सुवेदी, गुल्मी शाखा प्रमुख श्रीराम महत, अपरेटर राजेन्द्र गाहा, एजेन्सी म्यानेजर विष्णु महत लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष युवराज केसीले बिमाले गर्दा आर्थिक जोखिम कम गर्ने र बचत गर्ने बानीको समेत विकास गर्ने हुनाले दुर्गम गाउँहरूमा समेत यसको पहुँच विस्तार गर्नुपर्ने उल्लेख गर्नुभयो।
कार्यक्रममा कम्पनीका गुल्मी कार्यालय प्रमुख श्रीराम महत ले आफ्नो कम्पनी सेवाग्राही को घरघरमै पुगेर सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो।