दही:दही खानाले तनावकम हुन्छ र दिमाग शान्त रहन्छ । दहीमा भएको माइक्रो बैक्टेरियाले चिन्ता र तनाव कमगर्न मद्दत गर्दछ ।
डार्क चकलेट:डार्क चकलेटको सेवनले व्यक्तिलाई तनाव, चिन्ता र उदासी कमगर्न मद्दत गर्दछ । चकलेटमा एन्टि अक्सिडेन्टहरूले मस्तिष्कको कार्य सुधार गर्दछ । यसले रक्त सञ्चारमा पनि सुधार गर्दछ ।
ग्रिन टी: हरियो चियामा एलथियानिन भन्ने विशेष एमिनो एसिड हुन्छ । जसले दिमागलाई स्वस्थ राखेर व्यक्तिको तनाव कम गर्दछ । यसमा रहेको एसिडले कार्टोसोल हर्मोन पनि कम गर्दछ । कार्टिसोल हार्मोनलाई तनाव हार्मोन पनि भनिन्छ । यस कार्टसोल हार्मोनको बृद्धिका कारण व्यक्ति तनावबाट ग्रस्त हुन्छ ।
बेसार:बेसारको सेवन व्यक्तिको दिमागको लागि धेरै फाइदाजनक हुन्छ । बेसारमा रहेको कर्क्युमिन नामक तत्वले चिन्ता र तनावलाई कमगर्दछ । कक्र्युमिन ओमेगा फैटी थ्री एसिडले डीएचए लाई बढाइ दिन्छ, जुन तनाव कमगर्ने सबैभन्दा उत्तम प्रकृया हो ।
बेरी:जामुनमा धेरै एन्टिआक्सिडेन्टहरू हुन्छन्, जुन शरीरकालागि ज्यादै लाभदायक छन् । स्ट्रबेरी, ब्लूबेरी, रास्पबेरी आदि भिटामिन सी को उत्तम स्रोत हो । यि फलको खपतले व्यक्तिको तनाव कमगर्न मद्धत गर्छ