बसन्त अधिकारी, गुल्मी: मुसिकोट नगरपालिका-३, लालीगुराँस थुम पार्कमा लालीगुराँस फुलेर राताम्य भैई आन्तरिक तथा बाहय पर्यटक पर्खदै गरेका छ्न । यो क्षेत्रमा नेपालको राष्ट्रिय फूल लालीगुराँसका २५ भन्दा बढी प्रजाती पाईने स्थानिय समाजसेवी पृथ्वी बहादुर थापाले बताउनु भयो ।
मुसिकोटकै दोस्रो अग्लो स्थान पुर्व तथा पश्चिमका सयौ हिम सृङ्खलाहरु देख्न सकिने थुमा पार्क १० वटा भन्दा बढि जिल्ला हेर्न सकिने प्राकृतिक दृश्यका रुपमा स्थापित भएको जनप्रतिनिधि असोक जि.सी. ले बताउनु भयो ।
ऎतिहासिक मुसिकोट दरवारको सम्मुखमा ठुलोपोखरा, हलोगाडे तथा धरम्पानीको शिर थुम पार्क सल्ला तथा लालिगुराँसले सुसज्जित छ ।
पौदिअमराई, देउराली, ठुलोपोखरा तम्घास मार्ग त्यही बाटोकै छेउमा लालीगुराँसका फुलहरुले मुस्कान दिईरहेको देख्न सकिन्छ । बाटैमा थुमापार्क प्रवेसद्वारबाट माथी उक्लेपछी ठूलो समथर खेल मैदान र वरिपरि लालीगुराँस र प्राकृतिक सुन्दरताले गर्दा स्वर्गकै टुक्रा जस्तै लाग्न थाल्दछ ।
खेलमैदानबाट पनि थोरै माथी उक्लदैगर्दा लालीगुराँस फूलले मुस्कान दिइरहेका हुन्छ्न त्यसैमा सुनसान मनोरम ठाउँ , थुमा माई मन्दिरको आकर्षण र वरिपरि देखिने सेताम्य हिमसृङ्खलाले त झनै मन नै प्रफुल्ल बनाईदिन्छ ।
मन्दिरको अर्कोपट्टी ऎतिहासिक गुफा, ठूलो पोखरी तथा पिकनिक स्थल र वरिपरि जङ्गलको सुन्दरताले त झन सुनमा सुगन्ध छरेको छ । साथै जङ्गलमा पाईने मृग, खरायो, कालिज समेत देख्न सकिने यस क्षेत्र जङ्गली जनावर र चराचुरुङ्गीको आवाजले संगीतमय बनाएको छ ।
यस क्षेत्रको बिकासका लागि स्थानिय तहले विगतमा विभिन्न योजना बनाएपनी अहिले भने तेति चासो नदिएको स्थानियको गुनासो छ ।
मुसिकोटको गौरव यस क्षेत्रलाई प्रकृतिक रुपमै छोडेर न्युनतम संरचना निर्माण गर्न सके यससंगै मुसिकोट दरवार, जगैथुम जगदम्भा मन्दिर, सिरुङा प्राकृतिक स्थल तथा छत्रभुमी मन्दिरसम्म आन्तरिक तथा बाहय पर्यटक भित्र्याउन टेवा पुग्ने देखिन्छ ।
मुसिकोट नगरलालिकाले वामीदेखी मुसिकोट दरवार सम्मको प्रत्यक्षमार्गको परिकल्पना गरि मुसिकोटका मुख्य धार्मिक तथा पर्यटकिय स्थलहरुलाई जोड्न सके नगरको पर्यटन बिकासमा फड्को मार्नेछ ।
भिडियो