मुसिकोट नगरपालिका ७ वामी टारका होमनाथ सापकोटाले आफ्नो जन्म दिनको अवसर पारेर उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ पन्ध्र हजार बराबरको शैक्षिक सामाग्री र पोशाक वितरण गरेको विद्यालयले जनाएको छ ।
पछिल्लो समय जन्म दिनको नाममा विभिन्न भोजहरु गरि फजुल खर्च गर्ने परम्परा हाबी भएको र त्यो हाम्रो परम्परा नभएको भन्दै आफ्नो सानो सहयोगले विद्यार्थीहरुलाइ प्रेरणा सङ्गै सहयोग मिलोस भन्ने उद्येश्यले सहयोग गरेको होमनाथ सापकोटाको भनाइ छ ।

साथै उहाको श्रीमती सीता सापकोटाले केही समय अगाडि उक्त विद्यालयमा अध्यापन गराएको र विद्यालय समाज र विद्यार्थीप्रतिको मायाले आफुले सहयोग गरेको उहाको भनाइ छ ।प्राप्त रकमबाट कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई कापी र कलम प्रदान गरिएको छ भने बालविकासका विद्यार्थीहरुलाइ न्यानो स्विटर हस्तान्तरण गरिएको विद्यालयका अध्यक्ष डिलाराम खरेलले बताउनुभयो ।
कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष डिलाराम खरेल,प्रधानाध्यापक सुमित्रा भण्डारी,वडा नम्बर ७ का वडा सदस्य लक्ष्मण प्रसाद खराल लगायतले बोल्दै सहयोगी होमनाथ सापकोटालाई धन्यवाद प्रकट गर्दै सु स्वास्थ्य,दीर्घायु एवम उत्तरोत्तर प्रगतिको कामना गर्दै आफ्नो सस्कृती बचाउमा सघाउ पुराएको भन्दै आभार प्रकट गर्नुभएको थियो ।सामाग्री हस्तान्तरण कार्यक्रमको सन्चालन शिक्षक विष्णुप्रसाद आचार्यले गर्नुभएको थियो ।