कार्तिक ०६,गुल्मी — तिहार पर्वलाई लक्षित गरी सरकारले प्लाष्टिकका फुलमाला प्रयोगमा प्रतिबन्ध लगाएको छ । सरकारले कृत्रिम फुलमालामा रोक लगाएपनी फुलखेतीमा कृषकको आर्कषण कम देखिन्छ । तिहारपर्व नजिकिएसंगै गुल्मी सदरमुकाम तम्घासका पसल कृत्रिम फुल मालाले झकिझकाउ छन् । तिहारको समयमा फुलको मालाको सट्टामा प्रयोग हुने कृत्रिम फुलमालाको प्रयोगमा सरकारले प्रतिबन्ध लगाएको छ ।
गाउँघरमा फुल खेतीमा कृषकको घट्दो आर्कषण र सरकारको कमचासोले बजारभरी चाडपर्व लक्षित गरी प्लाष्टिक फुलमाला भित्रिएका छन् । कृत्रिम फुलमाला राक्न र प्राकृतिक फुलखेतीमा कृषकको आर्कषण बढाउन गुल्मीका १२ स्थानिय तहमध्ये सबैभन्दा पहिले धुर्कोट गाउँपालिकाले तिहारमा कृत्रिम फुलमाला प्रतिबन्ध लगाएको थियो । धुर्कोट गाउँपालिकाल विगत केहि बर्षदेखि प्राकृतिक पुष्पमा आत्मनिर्भर छ ।
कृषकको प्राकृतिक फुलखेतीमा आर्कषण बढ्दो
सरकारले कृत्रिम फुलमाला प्रयोगमा रोक लगाएसंगै पछिल्लो समय गुल्मीका कृषकको प्राकृतिक फुलखेतीमा आर्कषण बढ्न थालेको छ । विगत २२ बर्षदेखि तरकारी खेती गर्दै आएका गुल्मी रेसुङ्गा १० सिमिचौरका विनोद कुवँरले २ रोपनी जग्गामा फुलखेती सुरु गरेका छन् । फुलखेतीबाट भविष्य देखेर कुवँरले केहि बर्षदेखि फुलखेती गरिरहेका छन् । स्थानिय सरकारले कृषकलाई फुलखेतीमा आर्कषण गरी प्रसस्त फुल उत्पादन गर्न सकेमा कृत्रिम फुलमाला विस्थापित हुने र कषक फुलखेतिबाट बिस्थापित हुनुनपर्ने कृषक कुवँर बताउँछन् ।
सरकारले कृत्रिम फुलामाला गरेको प्रतिवन्धको निर्णय स्वागत योग्य रहेको र स्थानिय सरकारले उक्त निर्णयलाई सिरोर्धाय गर्दै कृषकलाई आवश्यक सिप,तालिम र प्राविधिक ज्ञान प्रदान गरी उत्पादनमा जोडदिन सकेमा मात्र प्राकृतिक फुलमा देश आत्मनिर्भर बन्नेमा दुईमत नभएको पुष्प ब्याबसायी कुवँरको भनाई छ ।
बषौंदेखि धुर्कोट गाउँपालिका फुलमा आत्मनिर्भर
गुल्मीका स्थानीय तहमध्ये ५ बर्षअघि नै धुर्कोट गाउँपालिकाले प्लाष्टिकजन्य फुलमाला प्रतिबन्ध गरी प्राकृति फुलमाला प्रयोगको अभियान सुरु गर्दै आएको छ । गाउँपालिको अभियानलाई ब्याबसायीले पनि सहयोग गरिरहेका छन् । गाउँपालिका भित्रका कुनैपनि पसलमा कृत्रिम फुलमाला विक्रिवितरण समेत रोक लगाईएको छ । जिल्लामा चाडपर्वको समयमा मात्र नभई अन्यबेला पनि फुलको माग भइरहन्छ । कृषकलाई थप प्रात्साहित गर्न रेसुङ्गा नगरपालिकाले कार्यक्रम कृत्रिम फुलमाला र खादामा रोकलगाई प्राकृतिक फुलको प्रयोग गरिरहेको छ । कृषक तथा युवालाई ब्याबसायीक फुलखेती तर्फ नगरपालिकाले ठोस निर्णय भने गरेको छैन् । फुल खेतीमा लाग्ने कृषकलाई आबयश्क सहयोग गर्न रेसुङ्गा नगरपालिका उपमेयर अमृतादेवी कुवँरले बताईन् ।
प्लाष्टिकका फुलमाला चलनचल्तीमा
तिहार पर्वमा सयपत्री फुल र मखमली फुल उत्तम मानिएपनि पछिल्लो समय बजारमा कृत्रिम फुलमाला भित्रिदैँ जादाँ प्लाष्टिकका फुलमाला चलनचल्तीमा आएको पाइन्छ । प्लाष्टिकबाट बनेका माला धेरै समय टिक्ने , हेर्दा आर्कषक देखिने भएकाले बढि प्रयोगमा आएको पाइन्छ ।
सस्तो मुल्यमा बजारमा पाइने र नझर्ने नओइलाउने भएकाले कृत्रिम फुलमालाको बढि प्रयोगमा आएको गुल्मीका पुष्प ब्याबसायी बताउँछन् । गुल्मीमा आइतबार तिहारपर्वलाई लक्षित गरी जिल्लाका सरोकारवाला निकायले खाद्य,म्याद नागेका सामान र कृत्रिम फुलमालाको सामूहिक बजारमा अनुगमन समेत गरेका छन् । तिहारमा मखमली र सयपत्री फुल महत्वपूर्ण मानिन्छ ।