कात्तिक २७,गुल्मी – आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गुल्मी जिल्लामा २५ सय बढि सुरक्षाकर्मी खटिने भएका छन् । जिल्लामा रहेका विभिन्न निर्वाचन क्षेत्रमा १ हजार ४ सय ६८ म्यादी प्रहरी, ७ सय नेपाल प्रहरी र शसस्त्र प्रहरी नेपाली सेना गरी कुल २ हजार ५ सय बढि सुरक्षाकर्मी खटाईएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडलले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी पौडेलले छड्के न्युजसंग कुराकानी गर्दै उनले भने निर्वाचनका लागि जिल्लामा आवश्यक सरक्षा व्यावस्था मिलाईएको छ मतदाताले आफ्नो मतदान केन्द्रमा पुगेर ढुक्कले मतदान गर्न सक्नेछन् । जिल्लाभर भयरहित र शान्ता वातावरणमा निर्वाचन हुने छ यति कसैलाई सुरक्षाको थ्रेड भए तत्काल खबर गर्न समेत प्रमुख जिल्ला अधिकारी पौडेलले आममतदातालाई आग्रह गरेका छन् । २ निर्वाचन क्षेत्र रहेको गुल्मीमा २७८ वटा मतदान केन्द्र रहेका छन् ।