वुटवल- लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री सन्तोष पाण्डेयले दिए राजीनामकाठमाडौ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएका मन्त्री पाण्डेयले मंगलवार राती राजीनामा दिएका हुन् ।
सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त निर्णय ठानेर राजीनामा दिएको मन्त्री पाण्डेयले बताएका छन । मंगलबारनै जनता समाजबादी पार्टी संसदीय दलको बैठकले लुम्बिनी सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार राजिनामा दिएको उनले बताएका छन ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षीदल नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन आज दिउँसो १ बजे बस्दैछ ।जसपा बाट मन्त्री बनेका बिजय बहादुर शाही र कल्पना पाण्डेले भने राजिनामा दिएका छैनन् । एमालेलाई सघाउँदै सरकारमा गएका उनीहरुलाइ जसपाले कारबाही गरेर हटाइसकेको भएपनि अदालतमा उनीहरुको मुद्दा विचाराधीन छ ।साभार :सेतोमसी