वसन्त अधिकारी, गुल्मी: लोक तथा दोहोरी गायक एवं हाँस्य कलाकार उज्जवल गिरीको आफ्नै आमाको स्वरमा ओरालीमा झर बाबुराम मौलिक पन्चेबाजा गीत सार्वजनिक भएको छ।
उक्त पन्चेबाजा गीतमा उज्जवल गीरीको शब्द संगीत र ममतमय माता मनकला गिरी र लोकदोहोरी गायक बैकुण्ठ महतको स्वर रहेको छ।
लोक तथा दोहोरी गायक उज्जवल गिरी विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा हुमिएका उदाहरणीय कलाकार भित्र पर्दछन्। उनले केरा काँचो काँचो,म:म खान जाम, माइतै गएर बस, छाता ओडेर ,कवलीका मन्टा, दुखीको दशैँ, डिम्पल वाली ,बुढाबुढी, बाजा तालैमा, दुई जिब्रे माया लगायत दर्जनौं गीत ,हरुमा स्वोर दिएका छन भने झन्नै १५० भन्दा बढी गितहरुमा अभिनय गरिसकेका छन् ।उनी बच्चाबच्ची बृद्रा आमा बुवा हरुले रुचाउने कलाकार मा पर्छन साथै बिभिन्न मेला महोत्सव मा युवा हरुलाइ लछित गित गाएर झुमाइरहेका हुन्छन प्रत्यक्ष दोहोरी गाउन माहिर सबैले रुचाइएका कलाकार हुन् ।
उनी हरेक बिदामा पोक्त छन मोडल ,नृत्य, निर्देशन ,अभिनय साथै थुप्रै नेपाली हाँस्यव्यङ्ग्य सिरियल व्यस्त रहन्छ ।
उक्त पन्चेबाजाको गीतमा उज्जवल गीरीको ममतामय माता मनकला गिरी, बैकुण्ठ महत,उज्ज्वल गिरी,मिलन ओझा, शिव सुवेदी, श्रीधर पोखरेल, विष्णु अजत,बसन्ती देवी, बसन्त पाण्डे लगायतको अभिनय रहेको छ।
द म्युजिक इरा रेकर्डिङ स्टुडियो रेकर्डिङ गरिएको उक्त गीतको निर्देशन स्वयं उज्ज्वल गिरीले गरेका छन् भने बिपिन भाट ले छायान्कन गरेका हुन्।
बोर्डकभर मिडियाको पोस्ट प्रोडक्सनमा रहेको “ओरालीमा झर बाबुराम बोलको गीत” उज्ज्वल गिरी युट्युब च्यानलमा सार्वजनिक भएको छ।
भिडियो सहित