- बसन्त अधिकारी, गुल्मी
गुल्मी समाज जापानले गुल्मी जिल्लाका विभिन्न ठाउँमा भएका आगोजनीका पिडिटलाई राहत संकलन शुरु गरेको छ ।
गुल्मी सेवा समाज जापनाको २०२४/४/२६ तारिका दिन बसेको बैठकले आगोलागीबाट पिडितलाई मलम लगाउने उदेश्यले सहयोग संकलन शुरु गरिएको र सहयोगको लागि सबैलाई अपिल गरिएको गुल्मी समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीले बताउनु भयो ।
गुल्मी समाज जापानका प्रवक्ता दिलिप थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा गुल्मी समाज जापानको जेपि बैंकमा रहेको खाता न १०१६०-३७१२३४२१ मा जम्मा गर्नको लागि अपिल गरिएको छ । गुल्मी समाज जापानले यस्ता विविध सामाजिक काम गर्दै आई रहेको छ ।