माधब खरेल
जेठ १ गते
मुसिकोट नगरपालिकाले वडा भित्रका योजनाहरु समाबेश गर्ने गरि योजना बैंक र अन्तरक्रिया कार्यक्रम मुसिकोट नगरपालिका १ मा सम्पन्न गरेको छ।
वडा भित्रका महत्त्वपूर्ण योजनालाई प्राथमिक निरधारण गने र योजना कार्यक्रम कसरी कार्यन्यन गर्ने सकिन्छ भन्ने बिषयमा अन्तरकृया कार्यक्रम सपन्न भएको मुसिकोट नगरपालिकाले जानकारी दिएको छ।
मुसिकोट नगरपालिकामा हरेक आर्थिक बर्षमा योजना संकलन वडा गत रुपमा गर्दै आएको र अहिले मुसिकोट भित्रका योजनाहरुले मुसिकोटलाइ कसरी समृद्धि बनाउन सकिन्छ भन्ने योजनाहरु समेटेर आयोजना बैंक निर्माण गर्न लागिएको मुसिकोट नगरपालिका नगर प्रमुख जिवराज खरेल जीवन बताउनु भएको छ । आयोजना बैंक निर्माणको क्रमागत को आधारमा १ देखि ९ सम्मै सन्चाल्न गर्ने मुसिकोट नगरपालिका नगर उप प्रमुख गङगा श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रम मुसिकोट नगरपालिका नगरप्रमुख जिवराज खरेल जिवन, उप प्रमुख गङगा श्रेष्ठ, मुसिकोट नगरपालिका वडा न १ भित्रका बिधालयका प्रधानाध्यापक, राजनीतिक दलका प्रतिनिधि सहकारी, क्लब तथा संघ संस्था प्रतिनिधि, समाजसेवी बुद्धिजिवी, पत्रकार लगाएतको उपस्थितिरहेको थियो ।मुसिकोट नगरपालिका वडा न १ भित्र करिब १०० वटा योजना बैंकमा समाबेश गरिएको मुसिकोट नगरपालिकाले जनाएको छ ।