बसन्त अधिकारी
गुल्मी, मुसिकोट: सुनवल नगरपालिका नवलपरासी (ब.सु.प.) बाट सरुवा भै मुसिकोट नगरपालिका आउनु भएका नेपाल सरकारका उप सचिव चेतनाथ गिरीलाई मुसिकोट नगरपालिकामा स्वागत गरिएको छ ।
उहाँलाई मुसिकोट नगरपालिकाले जेष्ठ ३ गते मुसिकोट नगरपालिकामा स्वागत गरिएको हो । मुसिकोट नगरपालिकामा हाजिर भएको पहिलो दिनबाटै कामलाई तिव्रता दिदै पहिलो दिन योजना संकलन तथा अन्तरक्रिया कार्यक्रम मुसिकोट ३ मा उपस्थित हुनुभएको थियो। मुसिकोट ३ को कार्यक्रममा उपस्थित संघ संस्था प्रमुख, राजनितिक दलका प्रतिनिधि, पत्रकार लगाएतले नमुना कार्यकालको शुभकामना व्यक्त गर्दै स्वागत गरिएको थियो ।
विगतमा मुसिकोटमा रहनुभएको प्रशासकीय अधिकृत बिनोद कुवर हाल तार्केश्वर नगरपालिका काठमाडौमा सरुवा भै जानुभएको छ । उपसचिव बिनोद कुवरलाई मुसिकोट रहदा युवा कर्मचारी तथा ब्यवशायीलाई धम्काउने काममा असहयोग गर्ने जस्ता आरोप लागेर प्रशासकिय अधिकृतको कार्यकक्षमा तालाबन्दी समेत गरिएको थियो ।
योजना संकलन तथा अन्तरक्रिया कार्यक्रममा मुसिकोट ३ बाट विभिन्न शिर्षकमा १०० भन्दा बढी योजना सन्कलन गरिएको वडा सदस्य थम्मन बहादुर घिमिरे क्षेत्रीले बताउनु भयो ।
स्वागत कार्यक्रममा उप सचिव चेतनाथ गिरीलाई मुसिकोटमा सफल कार्यकालको शुभकामना दिईएको छ ।