गुल्मी – गुल्मीमा आई.पि.भी.११ हजार बालबालिकालाई आई.पि.भी.खोप लगाइने भएको छ । जिल्लाका १२ वटै स्थानीय तहका खोप लगाउन छुटेका बालबालिकालाई पोलियो भाईरस विरुद्दको उक्त खोप यहि जेठ २१ लगाईने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मीका ३९२ खोप केन्द्रमा १० हजार ८ सय १० जना बालबालिकालाई आईपिभी खोप लगाईने भएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिए । स्वास्थ्य कार्यालयले आई.पि.भी.खोप अभियानलाई प्रभावकारी बनाउने उदेश्यले गुल्मीको सदरमुकाम तम्घासमा जिल्लाका सञ्चारकर्मीहरु सँग अन्तरक्रिया गरेको छ ।
साढे ५ बर्षदेखि ८ बर्ष उमेर समूहका बालकालिकालाई उक्त खोप लगाईने छ । २०७३ बैशाख देखि २०७५ असोज सम्म जन्मिएर यस खोपबाट बञ्चित भएका तथा एकवर्ष मुनिका बालबालिका
पोलियो रोगको जोखिममा परेकालाई खोप दिन लागिएको जनस्वास्थ्य अधिकृत आचार्यले बताए । त्यसका लागि स्वास्थ्य कार्यालय गुल्मीले जिल्लाका स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण गरिएको छ ।
पोलियो रोग जुनसुकै उमेर समुहकालाई पनि लाग्छ । जिल्लाका
सबै पालिकामा जेठ २८ गतेसम्म आईपिभी खोप अभियान संचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले संचालन गरेको उक्त अभियानलाई सफल बनाउन सबैले आफ्नो
तर्फबाट आवश्यक सहयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । यस अभियानको लागि निर्धारण गरिएको उमेर सुमहका अधिकांश बालबालिकाहरु विद्यालयमा अध्ययन गर्ने भएकाले खोप सेवा पनि विद्यालयमा नै गएर प्रदान गरिने भएको छ ।
ग्रामीण क्षेत्रका सबै गाउँबस्तीमा सुचना प्रवाह गरेर खोपबाट छुटेका बालबालिकालाई अनिवार्य सहभागी बनाएर यो अभियान सफल पार्ने दायित्व सबैको रहेको समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले बताए । उनले जिल्लामा केही सडक बालबालिका पनि रहेकाले उनीहरुलाई पनि यो खोपमा समावेश गर्न आग्रह गरेका छन् ।
पोलियोरोगको पछिल्लो बिरामी २०६७ भदौ १४ मा देखापरेपनि नेपालमा हालसम्म शून्य छ । नेपालबाट सन् २०२६ सम्म पोलियोरोग निर्मुल गर्ने लक्ष्यका साथ सरकारले यो अभियानलाई
राष्ट्रव्यापी रुपमा सञ्चालन गर्ने भएको छ ।