भोजेन्द्र नेपाली/बुटवल- पूर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले मंसिर ४ मा हुने संघीय र प्रदेश तहको चुनावको नतिजा गुल्मीमा एमालेको पक्षमा आउने बताएका छन् ।
नेकपा एमाले गुल्मी – रूपन्देही युवा विद्यार्थी सम्पर्क मञ्चद्वारा शुक्रबार बुटवलमा आयोजना गरियको अगुवा, विद्यार्थी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा विष्टले जिल्लामा आफूहरुको पहल र नेतृत्वमा भएका कामहरुबारे जनमानसमा आवश्यक जानकारी नहुँदा केही गुनासा आए पनि गर्व गर्न लायक धेरै विकास निर्माणमा कामहरु भएको बताए ।
खुला रूपमा विचार र गुनासा सुन्दै गुल्मीमा ( प्रदिप ज्ञवाली र गोकर्ण विष्ट) को पहल र नेतृत्वमा भएका र जनताको जीवनमा प्रत्यक्ष सरोकार राख्ने गर्व गर्न लायक नमूना ठूला योजनादेखि हजारौं साना योजनाको फेहरिस्त लियर जनताको घरघरमा पुग्ने बताए ।
प्रदिप ज्ञवाली र गोकर्ण विष्टको नेतृत्वमा नेकपा एमालेले खेलेको भूमिका बारे चर्चा गर्दै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछाले गुल्मी जिल्लाले मुहार फेरेको, विकास निर्माणमा गुल्मी जिल्ला पहाडी जिल्लामा नमूना जिल्ला भएको दाबी गरे ।
सो कार्यक्रममा युवा तथा विद्यार्थीका विभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताहरू जीवन गौतम, भरत अर्याल, कृष्ण गाउँले, प्रकाश पराजुली, मनोज गौतम, केशवराज अर्याल, हरि पैयानी, जिडी शिखर, विपिन पन्थी, प्रशान्त ज्ञवाली, रञ्जित ज्ञवालीलगायतले आ-आफ्नो विचार राखेका थिए
कार्यक्रममा एमाले उपत्यका विशेष प्रदेश कमिटी सदस्य राजेन्द्र अर्याल, प्रदेश कमिटी सदस्यहरु चिन्तामणी पाण्डे, लिलब विष्ट, खिमानन्द भण्डारी लीलामणि पोख्रेल, जिल्ला कमिटी सदस्य केदार भुसमल, नेकपा एमाले गुल्मी – रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष हेम थापालगायतको उपस्थिति रहेको थियो । नेकपा एमाले गुल्मी – रूपन्देही युवा विद्यार्थी सम्पर्क मञ्चका अध्यक्ष जीवन गौतमको अध्यक्षता र सचिव मनोज गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो।