गीता गौतम, प्युठान / छड्के न्युज -ग्रामिण भेगकाकतिपय स्थानमा अझै पनि घरमै सुत्केरी गराउँने प्रचलनहटेको छैन । जसका कारणमातृ मृत्यू र नवशिशु मृत्यूदर कायमै छ । भौगलिकविकटता,आर्थिक अभाव र सामाजिक कुसंस्कार तथा चेतनाको अभावकाकारणनिम्तिने मातृ मृत्यू र नवशिशु मृत्यूकमगर्न ,गर्भवती आमाहरुको संस्थागत सुत्केरीको संख्यामा वृद्धि गर्न प्यूठानकादुई स्थानियतहले गर्भवती महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवादिने घोषणा गरेका छन् ।
प्यूठानको माण्डवीगाउँपालिका र प्यूठान नगरपालिकाले सस्थागत सुत्केरीको संख्यामा वृद्धिगर्न ,प्रसब जटिलताको कारणले हुने मातृ तथानवशिशु मृत्युदरमा कम गर्न र सुत्केरी हुन लागेका गर्भवती आमाहरुको एम्बुलेन्स सेवामा सहजताका साथपहुँचबढाई सेवाको गुणस्तर वृद्धिगर्ने उद्देश्यले सुत्केरी महिलाहरुलाई निशुल्कएम्बुलेन्स सेवादिने घोषणा गरेको नगर तथागाउँपालिकाको कार्यालयले जनाएको छ ।
आर्थिक बर्ष ०७८/०७९ को स्वीकृत बजेट कार्यक्रमअनुसार नगरतथागाउँपालिकाभित्रका सुत्केरी महिलाहरुकालागिकुनै पनि स्वास्थ्य संस्थासम्मजान र घर फर्कन निःशुल्कएम्बुलेन्सको व्यवस्थागर्ने निर्णय गरिएको प्युठाननगरपालिकाकाप्रमुखअर्जुन कुमार कक्षपतिबताउँनु भयो ।१० वटावडा रहेको नगरपालिकामाअधिकतममहिलाहरुले प्रसुती सेवालिन सक्ने स्वास्थ्यशाखाको बिश्वास छ।नगरपालिकाभित्रका ६ वटावडामाबर्थिङ सेन्टर रहेकाछनभने अन्यवडाकामहिलाहरुले पायक पर्ने स्वास्थ्य सस्थाबाट प्रसुती सेवालिने गरेको र अहिले पनि केहीप्रतिशतमहिला घरैमा सुत्केरी हुने गरेको नगरपालिकाकास्वास्थ्यशाखाप्रमुखगोबिन्दघिमिरेको भनाई छ ।
‘यता ५ वटावडा रहेको माण्डवीगाउँपालिकाले पनिदुर्गम स्थानकागर्भवतीतथासुत्केरी महिलाहरुले सहज रुपमा सेवाप्राप्तगरुनभन्ने उदेश्यले निशुल्कएम्बुलेन्स सेवाउपलब्ध गराएको छ ।निशुल्क एम्बुलेन्स सेवाप्राप्तगर्नकालागि सुत्केरी महिलाले १ प्रतीनिवेदन,नागरिकताको प्रतिलिपी ,एनसीकार्ड,शिशुको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपी,एम्बुलेन्स प्रयोग गरे बापतको नगदी रसिदलगायतको कागजात संलग्नगर्नुपर्ने माण्डवी गाउँ कार्यापालिकाको कार्यालयले वताएको छ ।आर्थिक अभावमा बिपन्न परिवारले अकालमै ज्यानगुमाउँनु पर्ने बाध्यता पनि टरेको छ ।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२