माधब खरेल: गुल्मेली युवाले मुसिकोट १ का अग्निपिडितलाई आर्थिक सहयोग गरेका छन ।
मुसिकोट नगरपालिक वडा न १ तल्लापौदीका मगले जि सि र घाइते टेक बहादुर थापा लाई १५००० बराबरको खाद्यान्न बितरण गरिएको छ भने र रगनाम निवासी बुद्ध बहादुर थापा का घरपरिवारको लागि केही खाद्यान्न सामाग्री बितरण गरिएको थियो । यस्तै केही समय अगाडि रगनाममा लागेको आगलागी बाट घर जलेको चन्द बहादुर बि क लाई गुल्मिका विभिन्न ठाउँका ब्यतीको सहयोगबाट १५५६० रुपैयाँ हस्तान्तरण गरिएको इस्मा गाउपालिका युवा तथा समाजसेबी कृष्ण कुवरको जानकारी दिनु भएको छ । यस्तै राहत बितरण कार्यक्रमको अबसरमा मुसिकोट वडा न १ का अग्नि पीडित नागरिकसंग प्रत्यक्ष भेटघाटसंगै वर्तमान अवस्थाको बारेमा पनि जानकारी लिएको स्वास्थ कर्मी कृष्ण थापाले बताए ।
पीडामा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीको पीडामा मलम लगाउन आफूहरू प्रतिबद्ध रहेको अभियान कर्ता कृष्ण कुवरले बताएका थिए ।
राहत बितरण कार्यक्रममा मुसिकोट नगरपालिका वडा न १ का कार्यबाहक वडा अध्यक्ष बिश्व खाती वडा सदस्य दान बहादुर के सि प्रत्रकार माधब खरेल अभियान कर्ता कृष्ण कुवर समाजसेवी दल बहादुर थापा समाजसेवी तथा स्वास्थ कर्मी कृष्ण थापा मुसिकोट नगरपालिका वडा न १ ढाड निवासी बिनोद बस्नेत नरेश कुवर वडा न १ का सबै जनप्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।
केही समय अगाडि जंगलमा लागेकाे आगाे बस्तीमा पुग्दा आगो निभाउने क्रममा १ जनाको मृत्यु भएको थियो भने आगोलागी बाट मुसिकोटका तल्ला पौदी रगनाम गरि २ जना घाइते हुनु भएको थियो भने आगोलागी बाट १ घर तथा ३ वटा गोठ जलेर पूर्ण रुपमा नष्ट भएका थिए ।
यस्तै पठनपाठनलाई सहज बनाउने तथा बिद्यार्थीलाई सामुदायिक बिधालय प्रती आकर्षण गर्ने उदेश्यले पौदी प्रा बि का १६ जना विद्यार्थी लाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो गुल्मी दरवारका अग्नि पिडितको लागि पनि करिब १० हजार बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरिएको अभियानकर्ता कृष्ण कुवरले बताउनु भएको छ ।