वसन्त अधिकारी, गुल्मी मुसिकोट: गुल्मीको मुसिकोट नगरपालिका २ साबिक एतिहासिक मुसिकोट गाबिसमा पुरानो संस्कृती अनुसार सालैजो र आनिमाया गाउदै डम्फु मादल र सनाईको तालमा कोदो रोपिएको छ ।
बाईसे चौबिसे राज्य अन्तरगत एतिहासिक साबिक मुसिकोट गा.बि.स. मा पुरानो शैलीमा आनिमाया र सालैको भाकामा सनाई, डम्फु र मादलको भाका सहित कोदो रोपिएको मुसिकोट वडा न २ का वडा सदस्य देव रायमाझीले बताए ।
पुर्खाले चलाएको पुरानो संस्कृती हराउदै गएकोले यसरी कोदो रोप्ने तयारी गरि गाउँका पाका पुस्तालाई लिएर गित र बाज सङै कोदो रोप्ने कार्यक्रम बनाएको आयोजक ढाल बहादुर कार्कीले बताए ।
निज ढाल बहादुर कार्की हाल वैदेशिक रोजगारको शिलशिलामा युरोपमा रहेको र नेपाल छुट्टी मनाउन आउँदा कोदो रोप्ने समय भएकोले आफू सानो हुँदा बुवा हजुरबुवाहरुले यसरी कोदो रोप्ने सम्झी पुरानो संस्कृती बचाउन यसरी कोदो रोपेको बताए।
गुल्मीको साबिक मुसिकोट गाबिस हाल मुसिकोट २, कला संस्कृतिले भरिपुर्ण छ असारे झ्याउरे गित, हुँद्दा लगाएर कोदो रोप्दै गाउने सालैजो र आनिमाया गित, दशैमा सरायनाच, पट्टा नाचका साथै यहाँका नौमती बाजा जिल्लामै चरचित छन ।
स्थानिय डिल बहादुर परियार, हिरा बहादुर बिक, राजेन्द्र सिंह ठकुरी, भेष बहादुर नेपाली, सुशील जि.सी., देव रायमाझी लगाएतले सनाई, मादल र डम्फुको बजाउदै गित गाएको देख्न सकिन्छ भने कोदो रोपाहरहरुले गितलाई छोपेर लयमा ढालेको सुन्न सकिन्छ ।
डम्फु, मादल सनाई सहित गाउने पुराना बुवाहरु र आमाहरुलाई बोलाएर आनिमाया र सालैजोसङै कोदो रोप्दा अहिले त्यस क्षेत्रका युवालाई समेत पुरानो झझल्को आएको छ भने सामाजिक संजालमा देखेर देश बिदेशमा रहेका युवाहरुको गाउँमा माया लागेको सामाजिक संजालमा प्रतिक्रिया दिनुका साथै धन्यबाद समेत प्रकट गरेका छन ।
https://www.facebook.com/share/v/BDcAs72ffqQK45H9/?mibextid=oFDknk