असार ०४, चितवन। चितवनमा पुष्टि भएका कोरोना संक्रमित मध्ये ८९ दशमवल ८ प्रतिशत निको भएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार आज सम्म पुष्टि भएका मध्ये ८९ दशमवल ८ प्रतिशतले कोरोना जितेर घर फर्किएका छन्। यस्तै गएको २४ घण्टामा थप ८४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
३ सय ९५ जनाको स्वाब परीक्षण गर्दा उनीहरुमा कोभिड–१९ अर्थात कोरोना भाइरस पुष्टी भएको हो ।थपिएका मध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका रहेका छन् ।
महानगरपालिकामा ४२, रत्ननगर नगरपालिकामा १०, खैरहनीमा ८, माडीमा ३, राप्तीमा ८, कालिकामा १२ र इच्छाकामना गाउँपालिकामा १ जना संक्रमित थपिएका हुन् ।
यो संगै चितवनमा कोरोना संक्रमित हुनेको संख्या १५ हजार २ सय ७० पुगेको छ । अहिलेसम्म १३ हजार ७ सय १८ जना उपचार पछि निको भई घर फर्कीएका छन् ।यस्तै चितवनमा पछिल्लो २४ घण्टामा १० जना संक्रमितको ज्यान गएको छ ।स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवनका ४ जना र बाहिरी जिल्लाका ६ जना रहेका छन् ।