पर्वत । पर्वतमा कोरोना संक्रमणबाट ६१ वर्षीय पुरुषको मृत्यु भएको छ।
पैयुँ गाउँपालिका–७ का ती पुरुषको घरमा नै आइतबार बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले जानकारी दिनुभयो ।
ती पुरुषलाई गत वैशाख २४ मा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। अक्सिजनको मात्रा कम देखिएपछि उनलाई उपचारका लागि पोखरा लगिएको थियो। उपचारपछि स्वास्थ्य अवस्था राम्रो भएपछि घर पर्किएका उनको मृत्यु भएको हो।
यससँगै पर्वतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ। यीमध्ये १३ जनाको कोरोनाको दोस्रो लहर आएपछि मृत्यु भएको हो।