साउन ,२४ गुल्मी ।
अबिरल बिष्णु
नेपाल कृषि प्रधान देश हो र कृषि बाट थुप्रै आम्दानी गर्न सकिन्छ भन्ने मात्र होइन । मेहेनत र परिश्रम गर्न सके प्रष्ट आम्दानी हुने एक उदाहरण हो । तर कृषि प्रधान देश भएतापनि गाउँमा राम्रो रोजगार नपाएपछि दैनिक सयौंको संख्यामा युवाहरु बिदेशमा प्लायन हुन बाध्य छन् । तर बिदेशको गर्मी र मेहेनतलाई सम्झिएर गल्मीका प्रदेशबाट फर्किएका गुल्मीमा युवाले गाउँमै कृषि क्रान्ति गर्न थालेका छन् ।
जिल्लाको सत्यवति गाउँपालिका आठ जना युवाहरु मिलेर सामूहिक रुपमा नमुना कृषि तथा पशुपन्छी फार्म दर्ता गरी कृषिमा एक उदाहरण प्रस्तुत गरेका छन् । गाउँपालिकाको वडा न ४ लिम्घाको थालेपाटामा कृषि फर्म सञ्चालन गरेका छन। यस फार्ममा ८ जनाले युवाले सामूहिक लगानी गरेका छन् । फार्ममा उनीहरुले हाल सम्म ३८ लाख लगानी गरेका छन् भने फर्ममा बिस्तारै लगानी थप्ने योजनामा उनीहरु छन् । उनीहरुको फार्मम खुर्सानी ,टमाटर, काक्रो लगायत तरकारीहरु लटरम्म फलेका छन् । युवाहरुले र्फाबाट दैनिक कुइन्टल का क्इन्टल टमाटर ,काक्रो र तरकारी सत्यवतीको जोहाङ्ग खैरेनी तथा स्थानिय बजारमा खपत गर्दै आएका छन् ।
फर्म संचालक भन्छन् “फर्म सुरु गर्दा प्राकतिक बिपत्तिका कारण अलि समस्या भयो ” तर अहिले फर्ममा तरकारी फलेको देख्दा र आम्दानी लिदाँ हामी निकै खुसि छौ । कृषि संगै पशुपालनमा समेत रााम्रो सम्भावना देखेपछि पशुपन्छी पाल्नको लागि जग्गा समेत लिएका छन् । तत्काल खोर निर्माण गरी पशुपन्छि पाल्ने योजना रहेको उनीहरु बताउँछन् । फर्मको नजिकै झन्डै ३० ओटा फलफुलका बिरुवा सम्म रोपेका छन जस्ले निकट भबिस्यमा निकै फाइदा पुग्ने बताइएको छ ।
दुःखमा गाउँपालिका
बिदेशबाट बिभिन्न अनुभब र दुःख पछि नेपाल फर्किएर कृषि कर्ममा लागेका युवाहरुलाई फर्म संचलन गर्न बेला प्राकृतिक बिपत् आइलाग्यो । तर उनीहले निर्माण गर्दै गरेको फर्मलार्इं समेत सामान्य क्षति पुग्यो । तर उनीहरु क्षतिलाई हार नमानी निरन्तर आफ्नो कर्ममा तल्लिन भए। उनीहरुको समस्या थाशापाएपछि सत्यवती गाउँपालिकाले टनेल दियो । त्यसरी कृषिलाई ब्याबस्थि तगर्दै गएमा गाउँपालिकाले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता गरेको छ। गाउँमै संचालन गरेको फार्मबाट उत्पादन भएको तरकारी तथा फलफूलले गाउँपालिका नै आत्मनिर्भर बनाउने उनीहरुको लक्ष्य छ ।