धनी राम कोरी, कपिलबस्तु \छड्के न्युज –कपिलवस्तु जिल्ला को सदरमुकाम तौलिहवा मा अन्तर्राष्ट्रिय युवा दिवसको उपलब्धमा योगदान राष्ट्रको लागि कपिलवस्तु शाखाले कोभिड १९ को तेस्रो लहरलाई नियन्त्रण गर्ने को लागि माक्स वितरण गरेको छ । युवाहरु राजनीति क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । युवाले राष्ट्र को विकास को काम सगै , सामाजिक काम पनि गरिरहेको कपिलवस्तु नगरपालिकाका उपप्रमुख लक्ष्मी गुप्ता बताउनु भयो ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा योगदान राष्ट्र को लागि कपिलवस्तुले बाटो मा विना माक्स लगाएर हिड्ने मान्छेहरुलाई माक्स वितरण गरेर कोभिड १९ लाई नियन्त्रण मा अलि भए पनि सहयोग हुन्छ , योगदान राष्ट्र को लागि कपिलवस्तु शाखा संयोजकमोहम्मद इरफान मन्सुरी ले भन्नू भयो ।जिल्ला प्रहरी कार्यालय का प्रहरीले सुरक्षा र माक्स वितरण मा सहयोग समेत गर्नु भएको हो ।योगदान राष्ट्र को लागि कपिलवस्तु शाखा को आयोजना र डायनामिक सामाजिक विकास संस्था , कपिलवस्तु नगरपालिका , लुम्बिनी अपाङ्गता विकास केन्द्रको समन्वयमा कोभिड १९ विरुद्ध अनिवार्य माक्स वितरण अभियान सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा कपिलवस्तु नगरपालिका उपप्रमुख लक्ष्मी गुप्ता , पदम राज श्रेष्ठ ( कपिलवस्तु नगरपालिका का सामाजिक बिकास अधिकृत पदम राज श्रेष्ठ , जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगन्नाथ मरासिनी , लुम्बनी अपाङता विकास केन्द्र का ओरिराम चौरसिया , ट्राफिक प्रहरी कार्यालय तौलिहवाका नायव निरक्षक चित्र वीर केसी र योगदान राष्ट्र को लागि कपिलवस्तु शाखा की सल्लाहकार बबिता गिरी , संचारकर्मी र प्रहरी लगायत अन्य व्यक्तिहरु को पनि उपस्थिति रहेको थियो । हेर्नुहोस् फोटाहरु…….