धनी राम कोरी, कपिलवस्तु \छड्के न्युज –कपिलवस्तु जिल्ला सदरमुकाम नजिकै रहेको तिलौराको मा गौतम बुद्ध ले २९ बर्ष बिताएको ठाउँ मा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा तिलौराकेट दरबार क्षेत्र लाई सरसफाइ गरेर युवा दिवस मनाएका छन् ।रोजगार प्रवर्द्धन र वातावरण संरक्षणमा युवाको संलग्नता ू भन्ने नारा का साथ तिलौराकोट युवा क्लब तथा सुचना केन्द्र को आयोजना मा तिलौराकोट दरबार क्षेत्र लाई सफा , सुन्दर र राम्रो बनाउन को लागि यो कार्यक्रम गरिएको क्लब का अध्यक्ष राम शब्द यादवले बताउनु भयो ।
दरबार क्षेत्र भित्र प्लास्टिक , कागजका टुक्रा , घास , पानी को पोत्ल जस्ता सामग्रीहरु लाई उचित ठाउँमा व्यवस्थापन गरिएको छ । दरबार क्षेत्र सफा भएको खण्ड पर्यटनलाई अलि धेरै नै रमाइलो हुनेछ भन्ने आशा सरसफाइ गरिएको हो ।तिलौराकोट युवा क्लबको आयोजनामा गरिएको सो कार्यक्रममा कपिलवस्तु नगरपालिका र लुम्बिनी एकिकृत संस्थाको सहयोग मा भएको थियो ।कार्यक्रम को अध्यक्षता तिलौराकोट युवा क्लबका अध्यक्ष रामशब्द यादबको रहेको थियो भने उक्त कार्यक्रममा कपिलवस्तु नगरपालिका वार्ड न।६ कि वार्ड सदस्य सरिता गौतम, तिलौराकोटका वाल क्लबका प्रतिनिधिहरु, युवा क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो ।