काठमाडौं-प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।विवरण अनुसार खुद बीमाशुल्क अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८८।०१ प्रतिशत बढेको छ भने खुद नाफा ५।३९ प्रतिशत बढेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले २ अर्ब ९५ करोड ८९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने २२ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।समीक्षा अवधिमा कम्पनीको जगेडा कोष ३१।७६ प्रतिशत, जीवन बीमा कोष १२०।८९ प्रतिशत र महाविपत्ति कोष ३९।४५ प्रतिशत बढेको छ। इन्स्योरेन्सले सो अवधिसम्ममा जीवन बीमा धितो बापत ६ करोड २८ लाख रुपैयाँ कर्जा लगानी गरी ७ लाख ९० हजार रुपैयाँ आम्दानी गरेको छ।
इन्स्योरेन्सले प्रतिकित्ता २१२ रुपैयाँका दरले सर्वसाधारणको लागि आईपीओ निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ। इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम मूल्य सहित प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्काशन गर्ने अनुमति मागेको हो। इन्स्योरेन्सले प्रति कित्ता २१२ रुपैयाँ दरले ६० लाख कित्ता अर्थात १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ।