अभिनव चौहान,अर्घाखाँची – हरेक वर्षको तीजमा जस्तै यसपालिको तीजमा पनि जीवन परियार र सुनितामी परियारको आवाजमा “नगरिस्यो कर” बोलको तीज गीत यतिबेला बजारमा आएको छ।अर्घाखाँची जिल्लामा जन्मिएर काठमाडौंमा आफ्नो कर्मथलो बनाउनु आएनु भएका कलाकार द्वय नेपाली गीत संगीतमा लामो समय देखि सक्रिय हुँदै आउनु भएको छ।
विशेषगरी गीत संगीतको मार्फत अर्घाखाँची जिल्लाको नाम उच्च राख्नको लागि अनवरत रुपमा लागि रहनु भएको छ।यस गीतमा विशेषगरी मौलिकतालाई बचाउन खोजिएको छ।जीवन परियार र सुनितामी परियारको आवाज,लय जीवनकै, शब्द सिर्जना सुमन स्रापित एरेन्ज कृष्ण लामिछाने रहेको यस गीतको रेकर्डिङ मंगलम स्टुडियोमा भएको थियो।क्षेत्रीको निर्देशन, प्रवीन थापाको कोरियोग्राफी, नवराज घिमिरेको छायांकन, वीर बहादुर थारूको सम्पादन रहेको यस गीतमा सन्ध्या सानू र डोर्ण केसीको अभिनय देख्न सक्नुहुनेछ।यसलाई सुनितामी परियारको आधिकारिक युटुब मार्फत सार्वजनिक गरिएको छ।
पूरा भिडियो हेर्नको लागि तलको लिकं क्लिक गर्नुहोस् ।https://www.youtube.com/watch?v=Wszqju0mmZ0