चैत १०,गुल्मी : गुल्मीको छत्रकोट गाउँपालिकाको परिचय झल्कने गरी निर्माण गरिएको “छत्रकोट परिचय” नामक गित सार्वाजानिक भएको छ । विहीबार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि उक्त गित गाउँपालिकाको आफ्नै युटुव च्यालनबाट सार्वाजानिक गरिएको हो ।
स्थानिय तहको निर्वाचन भई गाउँपालिकामा जनप्रतिनिधि आईसकेपछि गाउँपालिका भित्रमा भएका परिवर्तन तथा समग्रह गाउँपालिकाको परिचयलाई गित संगितको माध्यमबाट जनतामाझ“छत्रकोट परिचय” नामक गित निर्माण गरिएको छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्थले जानाकारी दिए । गाउँपालिका भित्र बिभिन्न संस्कृति, पर्यटकिय स्थल,कृषी तथा पशुपालन ,बिकास लगायत पालिका भित्रका बिभिन्न बिषयलाई गित तथा भिडियोको निर्माण गरिएको छ ।
सार्वाजानिक भएको उक्त गितमा गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले शब्द सिर्जना गरेका छन् भने गित तथा संगितकार रोहित सुवेदी,राजन न्यौपाने,दर्शिल पन्थ,र मिना पाण्डेर स्वर दिएका छन् । गितमा गितकार तथा संगितकार सुबेदीले लय भरेका छन् भने गितको भिडियोको निर्देशन पनि आफै सुबेदीले गरेका छन् । गितमा गाउँपालिकाले गरेका काम र आगामी योजनालाई समेटिएको छ । भिडियो गाउँपालिका भित्रका सबै वडामा पुगेर निर्माण गरिएको छ ।
संस्कृति देशको मेरुदण्ड भएकाले यस क्षेत्रलाई सरकारले बजेट बिनियोजन गरी समाजबाट लोभ हुन थालेका संस्कृतिको जगेर्नानाको लागी त्यस ठाउँ र संस्कृतिको अध्ययनमा सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने गित तथा संगितकार रोहित सुवेदीले बताए । गित सार्वाजानिक कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी,जनप्रतिनिधि,कर्मचारी,पत्रकार,आम नागरिक लगायतको उपस्थिती रहेको थियो ।
गितको भिडियो हेर्नका लागी तलको लिकं थिच्नुहोस्……