आजको कारोबारमा सेयर बजारमा केहि सकारात्मक संकेत देखिएको भएता पनि अझै लगानीकर्ताहरु विश्वस्त हुने अवस्था भने नदेखिएको बताउँछन् युवा लगानीकर्ता राकेश सेढाइँ । निरन्तर ३ दिनदेखि बजार घटिरहेको थियो यो ३ दिनमा मात्र नेप्से २०४ अंकले घट्यो यसरी प्यानिक भएको बजारमा आजको बाउन्स ब्याकलाई भने केहि सकारात्मक रुपमा लिनुपर्ने उनको तर्क छ । यो बेला भनेको संयमित भएर लगानी गर्ने बेला हो भने राम्रो र बलियो कम्पनी हेरेर लगानी गर्ने अवसर पनि हो । अहिलेको अवस्थामा लगानीगर्दा भने लगनीकर्ताले कम्पनीको आधारभुत पक्षको शुष्म अध्ययन गरेर सेयर मूल्य घटेपनि कम्पनीको लाभांशबाट परिपुर्ति हुनसक्ने कम्पनीमा लगानी गर्नुपर्ने उनको सुझाव छ ।
नेपाल स्टक एक्सचेञ्जका आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५०.५८ अंकले बढेर २६६५.९३ मा पुगेकाे छ । नेप्से १.९३ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.५८ अंकले बढेर ५०३.४६ मा पुगेको छ ।
कूल २२९ वटा कम्पनीकाे ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।अर्थससार