बागलुङ –बागलुङ जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारि कदम चाल्न नसक्दा संक्रमण दिनानुदिन बढिरहेको छ । जिल्लामा सबैभन्दा बढि संक्रमित रहेको बागलुङ नगरपालिकाको बजारक्षेत्रमा कोरोना संक्रमितनै खुलेआम सडकमा हिँड्ने गरेको पाईएको छ । स्वाब परिक्षणमा २८ गते कोरोना पोजेटिभ देखिएका एक पुरुष खुलेआम सडकमा डुलिरहेको भेटिएको हो । जैमिनि नगरपालिका(१ स्थाइ घर भइ बागलुङ हाल बागलुङ नगरपालिका वडा नम्बर ३, बुद्ध विहार, जिल्ला प्रसाशन कार्यालय नजिकै भाडामा बसोबास गर्दै आएका २२ बर्षिय युवा सडकमा खुलेआम सडकमा हिडिरहेको भेटिएको छ ।
भाडामा दाजु सँगै बस्दै आएका संक्रमित युवा अस्पतालमा थर्ममिटर लिन भन्दै सडकमा हिडिरहेको अबस्थामा भेटिएको डिउटिमा खटिएका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक बिराट शर्मा पौडेलले बताए । नेपाल सरकारले लक्षण नदेखिएका संक्रमितहरु होम आइसोलेसन मै बस्न सक्ने भनेपछि पछिल्लो समय बागलुङमा संक्रमणको दर ह्वात्तै बढेको हो । कोरोनाको संक्रमण देखिएकाहरुको नाम सार्वजनिक गर्न नपाइने भएपछि कसलाई लागेको हो थाहा नै हुँदैन त्यसैले कोरोना नियन्त्रणमा थप चुनौति रहेको बागलुङ नगरपालिका वडा नम्बर २ का वडा सदस्य अर्जुन घिमिरेले बताए ।
उनले भने ‘एकातर्फ नागरिक जिम्मेवार छैनन्, कसैलाई कोरोना संक्रमण देखिएपछि ऊ आफ्नो मर्जि गर्ने गरेको पाइएको छ भने अर्कोतर्फ संक्रमितको प्रभावकारि निगरानी हुन सकेको छैन’ त्यसैले कोरोना नियन्त्रण थप चुनौतिपुर्ण बनिरहेको छ, यसको लागि प्रभावकारी निगरानि गर्ने संयन्त्र निर्माण गर्नुपर्ने देखिन्छ, बागलुङ नगरपालिका स्वास्थ्य शाखाको सहकार्यमा वडा नम्बर २ बाट एक घर, एक पिसिआरको अभियान चलाएका छौं तर नागरिकहरु कन्ट्याक ट्रेसिङमा परेका होस् वा सम्भाबित लक्षण देखिएका नागरिकहरु स्वाब जाँचमा आउन नखोजेको घिमिरेले गुनासो गरेला छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ७२० रहेको छ ।
संक्रमणको फैलदो संकटकालिन अवस्थामा जिल्लामा कोरोना संकट व्यवस्थापन कार्यदलको संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी घर बिदामा छन भने साहयक प्रमुख जिल्ला अधिकारी सरुवा भइ खालि रहेको छ । यस्तो महामारीको समयमा प्रसाशकीय अधिकृतको भरमा जिल्ला प्रशासन कार्यालय रहनुलाई नागरिकले गुनासो गरेका छन् । साभार : बडिगाड अनलाइन