बासुदेब पोखरेल गुल्मी, १ भदौ – केहि दिन अघि भिरबाट लडेर गम्भीर घाईते भएका गुल्मीको पुर्कोटदहका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ३५ बर्षीय जनक नेपालीलाई उपचार खर्च अभाव भएको छ ।साउन २९ गते मदाने गाउँपालिका–पुर्कोदहको कंकेदेउरालीको भीरबाट बाट लडेर मेरुदण्ड भाँचिएर गम्भीर घाईते भएका नेपाली यति बेला भैरहवा मेडिकल कलजेमा उपचार गराई रहेका छन् । नेपालीले मंगलबार विहान फोन गर्दै भने–‘ पर्छ भनेको छ , म संग रकम नहुँदा अलपत्र परेको छु, समाचार माध्यमद्धारा सबै संग सहयोगको अपिल गरेका छन्।
नेकपा माओवादी केन्द्र गुल्मीका नेता बुद्धि जिसी पुर्कोटदहका कार्यकर्ता नेपालीको आर्थिक अवस्था निकै कम्जोरी रहेकोले आफुले पनि सबै संग सहयोगका लागि अनुरोध गरेको बताए । उनले अस्पतालका केहि सहुलियत गरि दिन आग्रह गरिएको र फेशबुक ग्रुम मार्फत अप्रेशनका लागि सहयोग जुटाउने प्रयास गरिएको जानकारी दिए ।घाईते नेपालीलाई सहयोग गर्न चाहने महानुभावले माओवादी केन्द्र गुल्मीका पार्टी अध्यक्ष तथा अन्य नेता कार्यकर्तालाई सम्पर्क राख्न अनुरोध गरिएको छ ।