साउन ०८,बुटवल – बुटवल प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ बाट १५० बढी युवा युवती नियन्त्रणमा लिएको छ।
कार्यालय सन्चालन गरेर सर्वसाधारणलाई ब्ल्याकमेलीङ गरेको आरोप छ। तिलोत्तमा नगरपालिकाको वडा नं २ जानकीनगरमा ४ तल्लाको घरमा ३ वटा फ्ल्याट भाडामा लिई ३ सय जति कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्र्यापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनिहरुलाई नियन्त्रणमा लिईएको हो। अहिले मुचुल्का गर्ने काम भई रहेको प्रहरीले जनाएको छ।
चिनिया र भारतीय नागरिक समेतको लगानीमा खोलीएको उक्त ठगी कार्यालयबाट सर्वसाधारणको मोबाईलमा ह्वाट्सप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाईएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले बताए।