प्यूठान । बिद्युत शुल्क तिर्न नसकेर बिजुली उपभोग गर्नबाट बञ्चित भएका नागरिकका लागि प्यूठानका स्थानीय तहले महशुल तिरिदिने भएका छन् । गरिबिको रेखामुनी रहेका नागरीकको सहयोगका लागी २० यूनिटसम्मको महसुल तिरिदिने योजना स्थानीय तहको छ । प्यूठान नगरपालिकाले अहिले तथ्याङ्क संकलनको कामलाई तिव्रता दिएको छ ।
उज्यालो नगर कार्यक्रम अन्र्तगत बिपन्न परिवारलाई २० युनिटसम्मको बिद्य्त निःशुल्क उपलब्ध गराउने छ । जसका लागी नगरपालिकाले ४० लाख रुपैया बजेट समेत बिनियोजन गरी सकेको छ । आयश्रोत नहुँदा बिद्युत बाल्न नपाएर अन्धकारको जीवन बिताउन बाध्य भएकाहरु यो कार्यक्रमबाट लाभान्वित हुनेछन् । यो अभियानबाट स्वर्गद्वारी नगरपालिकाका ५ हजार परिवारले सुबिधा उपभोग गर्न पाउने छन् ।
हिले बिद्युत महसुल प्रत्येक चौमासिकमा भुक्तानी गर्नेगरी नेपाल बिद्युत प्राधिकरण र बुटवल पावर कम्पनीसगं सम्झौता भईसकेको छ । बिद्य्त महशुल तिर्न नसक्दा बिपन्न परिवारका बिद्यार्थीले अहिलेपनि टुकीको भरमा पढ्नु पर्ने बाध्यता छ । त्यस्तै माण्डवी गाउँपालिकाले पनि यस कार्यक्रमलाई प्राथमिकता दिएको छ ।
पालिकाले यो भन्दा पहिला विपिन्न परिवारलाई मिटरबक्स र तार उपलब्ध गराउदै आएको थियो भने यस बर्षदेखि २० युनिट सम्मको बिद्युत महसुल तिरिदिने योजना ल्याएको छ । आर्थिक वर्ष २०७८र०७९ मा गाउँपालीकाका तिन हजार पाचसय परिवारका लागी बिस यूनिट सम्मको बिद्युत महसुल तिरिदिने बताईएको छ ।
स्थानीय तहले अघि सारेको योजनाले बत्ति बाल्न नपाएर अन्धकारको जिवन बिताउन बाध्य भएका सर्वसाधरण खुशी भएकाछन् । आर्थिक अवस्था कमजोर भएका कारण बिद्युत बाल्न नपाएकाहरुले यो अभियानसंगै राहतको महशुस गर्न थालेकाछन् । स्थानीय तहहरुले अघि सारेको योजनालाइ निरन्तरता दिनुपर्ने उनीहरुको माग छ ।साभार :नारी प्रेस