छड्के न्युज डटकम/फागुन ३०,गुल्मी : केही दिन यता प्रकाश सपुतको पिर नामक गितले नेपाली गितसंगितको बजार तातिरहेको छ । बजारमा सार्वाजानिक भएको पिर नामक गितले देशको राजनितिमा समेत तरङ्ग ल्याएको छ । पछिल्लो समय गित र भिडियोको बिषयलाई लिएर सामाजिक संजालमामा दर्शक तथा स्रोताको राम्रो नराम्रो प्रतिक्रियाको दोहोरी नै चलेको छ ।
पिर गितले नेपाली गित संगितको बजार तातिरहेको बेला गुल्मेली सर्जक तथा सञ्चारकर्मी बासुदेव पोखरेलको शब्द सिर्जनामा नहोस् भलो नामक गित सार्वाजानिक भएको छ । बजारमा सार्वाजानिक भएको नहोस् भलो गितले प्रमे काहानी तथा समाजको यर्थात्लाई चित्रण गर्न खोजिएको छ । माया प्रेम संग जोडेर बजारमा सार्वाजानिक भएको गितले छोटो समयमै नेपाली दर्शक तथा स्रोताको मन जितिरहेको छ ।
सर्जक तथा सञ्चारकर्मी बासुदेब पोखरेलले छड्के न्युज डटकम संग कुराकानी गर्दै भने माया प्रेमका गित बजारमा दैनिक आएपनि अन्य गितको तुलनामा यो गित केही फरक र भावुक रहेको छ । बजारमा सार्वजनिक भएको सराप गीत नहोस् भलो नामक गितले एक अर्कोलाई माया गर्ने जोडिको सम्बन्ध टुटेपछि प्रेममा पागल जोडिले भागवान सगँ बिन्ती बिसाए र सराप दिएको बिषयलाई यस गितबाट देखाईएको छ । पोखरेलले शब्द सिर्जना गरेका केही गितले संगितको क्षेत्रमा दर्शक तथा स्रोताबाट चर्चा बटुलिरहेका छन् ।
बजारमा आएको उक्त गितमा अमित बाबू रोकाया लय भरेका छन् भने तेजस रेग्मी र रेजिना परियारले स्वर दिएका छन् ।
बिनोद बाजुरालीको संगीत संयोजन गरेको गीतले प्रमे कहानीलाई बिशेष जोड दिएको पाइन्छ । नारायण मगरले निर्देशन गरेको गीतको भिडियोमा चर्चित मोडल अनु पराजुली र कलाकार बाबू मुस्कान को अभिनय गरेका छन् । बाबु मुस्कान युटुव च्यानलबाट गित सार्वाजानिक भएको छ ।
गितको भिडियो हेर्नको लागी तलको लिकं थिच्नुहोस्……………………..