छड्के न्युज\ गुल्मी- गुल्मीको एक स्थानिय तहमा करार कर्मचारीले दुईवटा शाखाको जिम्मेवारी सम्हाल्दै आएको पाईएको छ । जिल्लाको इस्मा गाउँपालिकामा कार्यरत करार कर्मचारी हरि प्रसाद घिमिरले वन वाताबरण तथा विपत् ब्याबस्थापन शाखा र खानेपानी तथा सरसफाई शाखाको जिम्मेवारी सम्हाल्दै आएका छन् । मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम र वन बाताबरण तथा सरसफाई शाखा र गरिब परवार पहिचान कार्यक्रम गरी तीन कार्यक्रमको घिमिरेले फोकल प्रसनका रुपमा काम गर्दै आएका छन् ।
करार कर्मचारी घिमिरले ७४।७५ सालमा जिल्ला बिकास समिति संचालित वास कार्यक्रम अन्तरगत चापटारी ,राटामाटा र डमारा लिफ्टिङ्ग खानेपानी हेरचार गर्दै आएका थिए । वास कार्यक्रम योजना सम्पन्न नहुदैँ प्रोजेक्ट सकिएता पनि उनलाई लिफ्टिङ्ग खानेपानीको सकिने समयसम्म कार्यपालिकाले निर्णय गरी करारमा राखेको थियो । लिफ्टिङ्ग खानेपानीको काम २०७५।७६ मा सकियो । उनलाई पुन पालिकाले कार्यपालिकाको निर्णय गराई ३ महिना करार अबधि थप गरिएको थियो । गाउँपालिकाले घिमिेरलाई ३ देखी ६ महिना करार अबधि थप्दै करार कर्मचारी राख्दै आएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले जानाकारी दिए ।
स्थानिय सरकार संचालन ऐन २०७४ को परिच्छेद ११ को धारा ८३ मा गाउँपालिका तथा नगरपालिकाले नगर प्रहरी, सवार चालक ,कार्यालय सहयोगी,प्लम्बरईलेक्ट्रियन,चौकीदार,माली,बगैचे,र सरसफाई सम्बन्धि पदमा स्थायि पदपूर्ति नगरि प्रतिस्पर्धाको आधारमा सेवा करारबाट मात्र लिनु पर्नेछ । सो बाहेक अन्य पद तथा सेवामा करारबाट पदपूर्ति गर्न नपाइने उल्लेख गरिएको छ । प्राविधिक कर्मचारी करारमा नियुक्ति गर्न पाउने अधिकार स्थानिय सरकारलाई छ तर प्रशासनिक कर्मचारी करारमा नियुक्ति गर्न अधिकार स्थानिय सरकार संचालन ऐन २०७४ को परिच्छेद ११ को धारा ८३ मा उल्लेख गरिएको छैन् । तर गुल्मीको इस्मा गाउँपालिकाले ऐन वेवास्ता गर्दै प्रशासनिकमा करार कर्मचारी नियुक्ति गरेको छ ।
![](https://chhadkenews.com/wp-content/uploads/2021/08/add.jpg)
कार्यलयको कामको आधारमा कार्यलयले काम दिने र उनको कार्य सम्पादन लाई हेरेर गाउँपालिकाले दुई शाखाको जिम्मा दिइएको निमत्त प्रमुख प्रशासकीय अधिकृत महतले जानकारी दिए । गाउँपालिकाले आफ्नो नजिकको मान्छे भएर घिमिरेलाई नियम विपरीत म्याद थप्दै राख्दै गरेको स्थानियले गुनासो गर्दै आईरहेका छन् ।
अधिकृत छैटौं खड्का वडा सचिब सम्हाल्दै
अधिकृत छैटौं तहका शेर बहादुर खड्काले २०७१ साल देखी इस्मा गाउँपालिकाको वडा नं ५ को वडा सचिबको जिम्मेवमरी सम्हाल्दै आएका छन् । खड्काले गाउँपालिकामा हाजिर गर्छन् भने वडा नं ५ को वडा कार्यलयमा काम गर्दै आएका छन् । आफुले पहिले देखी नै वडामा काम गर्दै आएको र वडामा काम गर्न अन्य साथी आउन नचाहेपछि आफूले वडामा रहेर काम गर्दै आएको वडासचिब शेर बहादुर खड्काले बताए ।
विज्ञापन खोल्दै रद्ध गर्दै :गाउँपालिका
इस्मा गाउँपालिकाले २०७८ साल श्रावण १४ गते सव इन्जिनियर ,कानुन सहायक ,असिस्टेन सव इन्जिनियर, सहायता कक्ष कर्मचारी लगायतका कर्मचारी आबश्यकताको बिज्ञापन खुल्ला गरेको थियो । सव इन्जिनियर, असिस्टेन सव इन्जिनियरमा बिज्ञापनको आधारमा गाउँपालिकाले पदपूर्ति समेत गरिसकेको छ ।
![](https://chhadkenews.com/wp-content/uploads/2021/08/karmachari-abasyakata-suchana.jpg)
बाकीँ दुईबटामा बिबाद र बिभिन्न ब्यक्तिको सुझाब आएपछि कानुन सहायक,सहायता कक्षको बिज्ञापन २०७८ साल श्रावण १८ गते गाउँपालिकाले बिज्ञापन रद्द गरिसकेको छ ।
![](https://chhadkenews.com/wp-content/uploads/2021/08/cancel-add.jpg)
गाउँपालिकाले आफ्नो खुसीले बिज्ञापन खोल्ने र आफ्नै तरिकाले बिज्ञापन रद्द गर्दै आएको स्थानियले बताएका छन् । स्थानिय सरकार संचालन ऐन २०७४ को परिच्छेद ११ को धारा ८३ मा दुई तहका कर्मचारी राख्न नपाइने उल्लेख गरिएको छ । स्थानिय सरकार संचालन ऐन नै मिचेर गाउँपालिकाले बिज्ञापन खोलेको थियो । प्रशासनिक तहमा कर्मचारी पालिकाले नै नियुक्ति गर्न नसक्ने भन्दै बिज्ञापन रद्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत महतले जानकारी दिए ।
कति फेरीएत इस्मा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत
स्थानिय तहको निर्वाचन भए लगत्तै इस्मा गाउँपालिकामा २०७३ साल चैत्र १० गते सरोज कुमार पोखरेल प्रमुख प्रशासकीय अधिकृत भई आएका थिए । पोखरेल इस्मा गाउँपालिकाबाट २०७५ भाद्र १२ गते सरुवा भई गएका थिए । पोखरेल सरुवा भएर गएलगत्तै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भई चन्द्रकान्त बस्नेत २०७५ भाद्र १३ गते हाजिर भएका थिए । बस्नेत झण्डै १८ महिनाको अन्तरमा सरुवा भई २०७६ फाल्गुन १२ गएका थिए। बस्नेत सरुवा भई गएको भोलीपल्ट नै प्रेम चद्र अर्याल प्रशासकीय अधिकृत भई आएका थिए । तर अर्यालले भने आएको झण्डै २२ दिनको दिन नै सरुवा भएका थिए । अर्याल सरुवा भएलगत्तै नारायण महत निमित्त प्रशासकीय अधिकृत भई झण्डै २ बर्ष कार्यसम्पादन गरेका थिए । २ बर्षको अन्तरमा इस्मा गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाएको थियो । २०७७ फागुन २० गते विष्णुबहादुर घर्ती प्रशासकीय अधिकृत भई आएका थिए । घर्ती पनि ५ महिना पित्न साथ इस्माबाट सरुवा भएका छन् । २०७८ साउन १२ , २०७८साउन १२ देखि नारायण महत पुन निमित्त प्रमुख प्रशासकीय अधिकृत भई गाउँपालिकामा हाल सम्म काम गर्दै आएका छन् । घनश्याम गाह सरुवाको चिठी समेत दर्ता भएर पनि कार्यभार सम्हाल्न समेत आएका थिएनन् ।
किन टिक्दैनन् वा बस्दैनन् त प्रमुख प्रशासकीय अधिकृत
गुल्मीको इस्मा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत टिक्न नसक्नुले स्थानियमा किन र के का लागी भन्ने पश्न उठ्न थालेका छन् ।गुल्मीको सदरमुकाम तम्घासबाट पनि नजिकै रहेको भुगौल र बाताबरणिय दृष्टिकोणले समेत राम्रो मानिन्छ इस्मा गाउँपालिका । तर यस्तो ठाउँमा टिक्न सक्दैन् प्रमुख प्रशासकीय अधिकृत । इस्मा गाउँपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृतलाई जनप्रतिनिधिले नियम, बिधि बिपरित आफ्ना कार्यकर्ता पोषणका अनुचित दबबा दिदाँ अधिकृत टिक्न नसकेको नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रिय सभापति भगत सिंह खड्काले बताए । उनले भने निजामति कर्मचारी जनप्रतिनिधिको दबाब बसेर काम गर्न भन्दा सरुवा लिन सजिलो भएकाले आफुलाई पायक पर्नेठाउँमा जाने गरेको बताए ।
नेकपा एमाले इस्मा गाउँपालिका अध्यक्ष नारायण पैयाँनीले भने “यस गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीले बिच तालमेल नमिलेर होइन कि आएका अधिकृतहरुले आफ्नो लक्ष्य , घरपाई र करियर निर्माणको लागी इस्मा छोडे जस्तो लाग्छ” । उनले भने म आफुले पनि जनप्रनिधि र कर्मचारीलाई नजिकैबाट नियालेको छु । बाहिरबाट हेर्दा किन टिक्दैन् प्रशासकीय अधिकृत भन्ने प्रश्न हुन्छ त्यो स्वाभिक नै हो तर जनप्रतिनिधि र कर्मचारीको दोण्डले छाड्दै गएको जस्तो लाग्दैन् ।