गुल्मी । मदाने गाउँपालिका गुल्मी जिल्लाको सबैभन्दा कम बेरुजु हुने स्थानीय तहमा परेको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको आव २०७६÷०७७ को लेखा परिक्षण प्रतिवेदन अनुसार मदानेमा जम्मा २५ लाख ४६ हजार मात्रै बेरुजु छ । यो कूल बजेटको ०.२८ प्रतिशत हो ।प्रतिवेदन अनुसार मदाने लुम्बिनी प्रदेशकै कम बेरुजु हुने स्थानीय तहमध्ये दोश्रो हो । त्यस्तै नेपालका ७५३ स्थानीय तहमध्ये कम बेरुजु हुनेको ११ औं नम्बरमा मदाने परेको छ ।
मदानेमा गतवर्ष पनि जिल्लामा सबैभन्दा कम बेरुजु देखिएको थियो । गतवर्ष मदानेमा २५ लाख १६ हजार अर्थात ०।३३ प्रतिशत मात्र बेरुजु थियो ।कम बेरुजु हुनेमध्ये दोश्रोमा रुरुक्षेत्र गाउँपालिका छ । रुरुक्षेत्रमा ४४ लाख ३४ हजार अर्थात ०।४५ प्रतिशत बेरुजु छ । रुरुक्षेत्र गतवर्ष पनि जिल्लामा कम बेरुजु हुनेमध्ये दोश्रोमै थियो ।त्यस्तै कम बेरुजु हुने स्थानीय तहको तेश्रो नम्बरमा छत्रकोट गाउँपालिका छ । छत्रकोटको ९४ लाख ११ हजार अर्थात ०।९७ प्रतिशत बेरुजु छ । अघिल्लो आर्थिक वर्षमा २ करोड ९३ लाख बेरुजु कायम भएर धेरै बेरुजु हुनेमध्ये तेस्रोमा परेको छत्रकोटले आर्थिक कारोबार सुधारर्दै सबैभन्दा कम बेरुजु हुनेको तेस्रोमा परको हो ।
कार्यविधि ऐन ९२०५५ अनुसार बेरुजु भन्नाले प्रचलित कानुन बमोजिम पुर्याउनु पर्ने रीत नपुर्याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याएको वा ठहराएको कारोबारलाई सम्झनु पर्दछ भनी उल्लेख गरेको छ ।महालेखाका अनुसार देशभरका लेखा परिक्षण भएका ६९४ स्थानीय तहको बेरुजु ४० अर्ब २४ करोड अर्थात ४।९५ प्रतिशत छ । त्यस्तै लुम्बिनी प्रदेशका स्थानीय तहको समग्र बेरुजु घ अर्ब ७६ करोड अर्थात ३ दशमलब २४ प्रतिशत छ । साभार: एकता न्युज