छड्के न्युज डटकम / गुल्मी -बाख्रा उद्वम परियोजना अन्तर्गत गुल्मीको मालिका गाउँपालिका वडा न ५ छापहिलेको न्युरचौर स्वावलंबन महिला समुह र देउराली स्वावलंबन महिला समुहले सामुहिक खनिज ढिक्का निर्माण गर्दै आएका छन् । बाख्रा उद्वम परियोजना अन्तर्गत मालिका ५ नम्बर वडामा २६ समुह गठन गरिएको छ । जसमा ६ सय ५ जना महिला आबद्ध छन् । तस्बिर : देवीराम गिरि , गुल्मी / छड्के न्युज डटकम