गुल्मी-निर्वाचन आयोगको छुटेकामतदाता दर्ता संकंलन कार्य सुरु गरेपछि जिल्ला निर्वाचन गुल्मीमा उत्साह पूर्वक सहभागिता रहेको छ । आयोगले साउन १ गतेदेखि १५ गते सम्म निर्वाचन कार्यालयमा र १६ गते देखि स्थानिय तहमै नाम दर्ता गर्ने ब्यवस्था गरे पनि जिल्ला निर्वाचन कार्यालमै आएर नाम दर्ता गर्ने हरुको भिड लाग्ने गरेको छ ।
नाम दर्ता सुरु गरेको ५ दिनमै गुल्मीमा ८ सय ४६ जनाले नाम दर्ता गराएका छन् । नाम दर्ता गराउन आउनेहरु मध्ये दर्ता गराएकाहरुमा पुरुषको संख्या वढी रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका अधिकृत गणेश बहादुर खत्रीले जानकारी दिए । स्वदेसमै रहेका र केहि बिदेशबाट नेपाल आएका पुरुषहरु नाम दर्ता गराउन आएकोले पनि संख्यामा बृद्धि भएको अधिकृत खत्रीले जानकारी दिए ।
साउन १ गतेबाट ५ सम्म दर्ता गराएका मध्ये ५ सय १० जना पुरुष र ३ सय ३६ जना महिला रहेका छन् । जिल्ला निर्वाचन कार्यालयमा जिल्लाका बिभिन्न ग्रामीण स्थानबाट उत्सह पूर्वक नाम दर्ता गराउन आउने सहभागीमा दिनहु बृद्धि भएको अधिकृत खत्रीले जानकारी दिए । जिल्ला निर्वाचन कार्यालयमा धेरै जसो नाम दर्ता गराउने र केहि मतदाता नामावली सार्ने पनि आउने गरेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । नाम दर्ता गराउन आएका अधिकांशले मताधिकार प्रयोग गुमेकोमा चिन्ता ब्यक्त गरेका थिए । स्वदेसमै भएर पनि बिबिध कारणले नाम दर्ता गराउन नपाउँदा स्थानिय तह निर्वाचनमा मतदान गर्न नपाएको बताएका थिए ।
गुल्मीमा गत असार १४ गते सम्पन्न निर्वाचनमा सम्म १ लाख ८० हजार ७ सय ७५ कुल मतदाता संख्य रहेको थिए । जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकामा उक्त मतदाता रहेको थिए । कुल मतदाता मध्ये ९४ हजार ७ सय ५९ जना महिला र ८६ हजार १५ जना पुरुष मतदाता रहेका छन् । मतदाता मध्ये गुल्मीमा १ जना तेस्रो लिङ्ग रहेका छन् ।साभार: रेडियो रेसुङ्गा