छड्के न्युज डटकम /चैत ०६ गुल्मी : ग्रामिण क्षेत्रका पाखो बारीमा लगाएको उखुले बजार पाउन थालेपछि त्यसको बिबिधिकरण गर्दै उखुको रसबाट खुदो र गुड बनाएर बजारमा बिक्रि गरी गुल्मीका कृषकले मनग्य आम्दानी गर्दै आएका छन् ।उखुका लागी थानपति,बलेटक्सार,हर्दिनेटा,थोर्गा र दिगाम गुल्मी जिल्लाकै पकेट क्षेत्रको रुपमा चिनिन्छन् ।
यस क्षेत्रका कृषकले परम्परागत शैलीमा गर्र्दै आएको उखु खेतीलाई प्रविधिको विकाशसंगै आधुनिक मेसिनको प्रयोग खुदो र गुड बेचेर जिविको पार्जन गर्ने मुख्य आम्दानीको स्रोत बनाएका छन् । यि क्षेत्रमा उत्पादन भएको गुड र खुदो रिडी,पाल्पा, बुटवल, पोखरा, काठमाडौंका शहर देखी बिदेश सम्म प्रख्यात छ । गाउँमा सामान्य उखु खेती गर्ने कृषक पछिल्लो समय ब्याबसायिक खेतीमा तल्लिन हुन् थालेका छन् ।
जिल्ला भित्रका बिभिन्न स्थानमा २ सय रोपनी भन्दाबढी जग्गामा उखु खेती गर्दै आएका छन् । आजभोली गाउँघरबाट बिलाप हुँदै गएको यो पेसालाई सम्बन्धित निकायले संरक्षणमा चासो नदिएको कृषकको गुनासो छ ।
उत्पादन भएको खुदो प्रतिलिटर १ सय रुपैयाँदेखि १८० रुपैयाँ,सादा गुडको १ सय ७० र मसलावाला गुडको २ सय ५० रुपैयाँमा प्रतिकिलो बिक्री हुने गर्दछ । यस क्षेत्रमा उत्पादन गरिएको गुड तथा खुदो गुल्मी लगायत आशसापसका स्थानमा बिक्रि हुदैँ हाएको छ । जिल्लाभित्र उखु खेती गरेका किसानसँग उखु खरिद गरी गुड तथा खुदोबाट वार्षिक करिब ३० लाख बरावरको कारोबार गर्ने कृषक नारायण भण्डारीले बताए ।
गाउँमै संचालन भएका केहि उद्योगले केहि स्थानियलाई समेत रोजगारी दिएका छन् । स्थानीय स्तरमै पाएको रोजगारीले घर खर्च र छोरा छोरीलाई पढाउन सहयोग मिलेको विष्णु खप्तरीको भनाई छ ।थार्गेली खुदो र गुडको ब्रान्डले देशका विभिन्न स्थानमा स्थानीय उत्पादन पुर्याउने गरेको छ । त्यस्तै, छत्रकोट गाउँपालिका दिगाम–मानकोट र हर्दिनेटा र रुरु गाउँपालिका बिभिन्न ब्लगमा उखुको व्यावसायिक उत्पादन भइरहेको छ । उखु किसानलाई उखु ब्लक कार्यक्रम मार्फत बीउ,पकाउने भाडा ,मेसिनहरू अनुदानका थुप्रै कार्यक्रम समावेश गरेको रुरु क्षेत्र गाउँपालिका ३ थोर्गाका वडाअध्यक्ष शेषनारायण पौडेलले बताए ।
गुल्मीको खुदो र गुडमा केन्द्रित रहि एपिवान टेलिभिजनले गुल्मी सहकर्मी मनोज कार्कीको सहयोगमा तयार पारेको बिशेष रिपोर्ट https://fb.watch/bUjKw6LI2J/