गुल्मी: लुम्बिनी वामी हस्पिटल प्रा.लि. ( प्रवास शाखा) नयाँ ब्यबस्थापनका साथ अगाडी बढेको छ ।
२०७५ साल बैशाख महिनामा लुम्बिनी प्रवास हस्पिटलको रुपमा मुसिकोट नगरपालिकाको वामी टक्सारमा स्थापना भएको हस्पिटल मुसिकोट तथा बाग्लुङको बडिघाट, हटिया लगाएतका बिरामीहरुको साझा गन्तब्य स्थान बन्न पुगेको छ ।
चौबिसै घण्टा ईमरजेन्सी सेवा संचालन गरेको हस्पिटलमा एक्सरे, भिडियो एक्सरे, एसिजी, ल्याबका सम्पुर्ण चेकजाँच तथा फार्मेसी सेवा उपलब्ध गराउदै आइरहेको नयाँ ब्यबस्थापनमा खटिनुभएका ब्यबस्थापक दीपेन्द्र ज्ञवालीले बताउनु भयो ।
एमबिबिएस डाक्टरबाट चेकजाँच, सफल उपचार तथा उचित सल्लाह दिईने मुसिकोटको एक मात्र हस्पिटल लुम्बिनी वामी हस्पिटल प्रा.लि. मा बिरामीको आर्थिक अबस्था हेरेर विभिन्न चेकजाँचमा छुट समेत गरिएको ब्यबस्थापक रोसन सेनले बताउनु भयो । “हामी मुसिकोटका जनताला पुर्ण सेवा दिने गरि लागेका छौ पहिले भन्दा सेवामा धेरै फरक पाउनुहुन्छ एकपटक सेवा गर्ने मौका दिनुहोला।” उहाँले आग्रह समेत गर्नुभयो ।
तपशिलका सेवा दिईदै आईरहेको अस्पताल बताएको छ
– आपतकालिन(Emergency) सेवा २४ सै घण्टा
– बहिरङ्ग (OPD) सेवा
– भिडियो एक्स-रे(Video X-ray) सेवा
– अत्याधुनिक प्रविधी सहितको डिजिटल एक्स-रे(Digital X-ray) सेवा
– ECG सेवा
– सामान्य हाडजोर्नि फुटेको वा चर्किएको अवस्थामा प्लास्टर तथा Back Slab सेवा
– Dressing,Suture,Minor OT सेवा
– प्रयोगशाला सेवा अन्तर्गत रगत,दिशा,पिसाब,सुगर,थाइरोइड,कलेजो(LFT),किड्नी(RFT) तथा ल्याव सम्बन्धी सम्पुर्ण सेवा आदि
हाम्रा दैनिक विशेषज्ञ
डा.मोहम्मद नाज अहमद
सिनियर मेडिकल अफिसर(MBBS)
साथै प्रत्येक महिना फरक फरक रोगका बरिष्ठ विशेषज्ञ डाक्टरहरु द्वारा विशेषज्ञ सेवा प्रदान गरिने समेत अस्पतालले बताएको छ ।