मनोज कार्की /असोज २० गुल्मी / छड्के न्युज डटकम – नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मालिका गाउँपालिका कार्यसमितिको सभापति पदमा उपेन्द्र अर्याल सर्बसमत निर्वाचित भएका छन् । मगंलबार सम्पन्न पालिका प्रथम अधिवेशबाट अर्याल सभापति पदमा निर्वाचित भएका हुन् ।
निर्वाचित अर्यालले मालिका गाउँपलिकामा काङ्ग्रेस केही कमजोर भएकाले यसैमा केन्द्रित भएर पालिका भित्रका सबै वडा तथा टोल टोलम पुगेर कमिटी निर्माण गरि संगठन बिस्तार गर्दै मालिकालाई काङ्ग्रेसमय बनाउने बताए ।पार्टीलाई सुदृढीकरण गरि र आगमी निर्वाचनमा आफुहरु एकढिक्का भइ पार्टीको इमानदार सिपाही भएर लाग्ने अर्यालले बताए ।
त्यस्तै उपसभापति दीपक भण्डारी र प्रेम बहादुर श्रीस सर्वसम्मत भएका छन् भने सचीव डेम बहादुर खत्री र सुर्य र पराजुली रहेका छन् ।सह- सचीव तुल्सी गिरि र लक्ष्मी केसी रहेका छन् ।