बागलुङ –बागलुङ कोरोना भाइरस संक्रमणको कारण बागलुङमा थप एक पुरुषको मृत्यु भएको छ ।धौलागिरी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका वडा नम्बर १२ का ७२ बर्षिय पुरुषको सोमबार राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो।
भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएका उनको धौलागिरी अस्पतालको आइसियु कक्षमा उपचारको क्रममा मृत्यु भएको फोकलपर्सन घिमिरेले बताउनुभयो। उहाँले साउन २६ गते कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउनुभएको थियो ।उहाँलाई जटिल प्रकारको कोभिड निमोनिया, सुगर, प्रेसरको समस्या रहेको फोकलपर्सन घिमिरेले बताउनुभयो । यससँगै बागलुङमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।साभार :बडिगाड अनलाईन