किरण अधिकारी , भाद्र २१ गुल्मी /छड्के न्युज -गुल्मीका एक सामाजिक अभियन्ता गरिब र दिनदुखीहरूका लागि भगवान जस्तै बनेर उदाएका छन् जिल्ला को इस्मा गाउँपालिका वडा १ घर भएका बाबुराम पन्थी पेशाले उनी शिक्षक हुन् तर उनको अर्को पवित्र कर्म समाजसेवा हो। उनको बिगत देखी निरन्तर समाजसेवा गर्दै आएका हुन , हालै उनले इस्मा गाउँपालिका वडा नं १ हर्पुकाेटकी ९० वर्षकी धनिस्वरा बिक लाई रू. २१,३३५ आर्थिक सहयोग गरेका हुन। बृद्ध धनिस्वरा को आर्थिक अवस्था अत्यन्त दयानिय भएको हुँदा समाजसेवी पन्थी ले बिभिन्न माध्यमबाट रकम जुटाएर वडा नं १ का वडा अध्यक्ष चुरा बहादुर खत्री मार्फत हस्तान्तरण गरेका थिए। जिविकोपार्जन को लागि गरेको कर्म शिक्षण हो तर आत्मसन्तुष्टि चाहिँ समाज सेवा गर्दा मिल्छ पन्थी बताउँछन्।
वडा अध्यक्ष चुरा बहादुर खत्रीका अनुसार उमेर ले ९० वर्ष काटेकी धनीस्वरा को आर्थिक अवस्था सार्है दयानिए थियो । उनका एक छोरा र छोरी छन छोराछोरीको उमेरले नेटो काट्दा समेत गरिबीकै कारण उनिहरुको बिबाह हुन सकेन। अहिले उनका छोरा ५० वर्ष पुगे भने छोरी ४५ वर्ष की पुगिन , छोरा बिगत २० देखि भारतमा हराईरहेको अवस्था थिए। बाबुराम पन्थी मिनबहादुर कुवंर र मेरो पहलमा उनलाई नेपाल ल्याउन सफल भएको र उनकी छोरी सिता बिक बिरामी भएर थला परेकी थिइन् उपचारको लागि आर्थिक थिएन हाम्रो र बिश्व केयर सन्जाल को सहकार्य मा उनको उपचार गरिदिएको,र पहिरो ले घर लगेको थियो आफु निवार्चित भैसके पछि । आफ्नै घर नजिकै को सिबालय टोलमा घर बनाईदिएको उनको आफ्नो भन्ने जग्गा केही नभएको र घरमा खाने अन्नबाली पनि केही नभएको वडा अध्यक्ष चुराले बताए । आफु निरन्तर दुःखी पिडित हरूको उत्थानको लागि काम गरीरहेको र राज्य बाट पाउने तलब भत्ता पनि दिनदुखीहरुको सहयोग निम्ति खर्चिएको अध्यक्ष खत्रीले बताउछन।
आर्थिक अभावका कारण घरको चुलो बोल्न छोड्यौ धनिस्वारा बिरामी परिन उपचारको लागि सदरमुकाम तम्घास सम्म जाने पैसा समेत नभएको खबर सुन्नमा आएपछि अभियान्ता पन्थी त्यहा पुगेर सुरुमा उपचार को लागि १५०० दिए पछि थप सहयोग लिएर आउने बाचा दिदै सामाजिक सन्जाल मार्फत अभियान चलायौं, सहयोगी साथिहरु ले बिभिन्न ठाउँबाट सहयोग गर्नु भो सानो सहयोग जुट्यो र हामी त्यो रकम लिएर उनकै घरमा गएर दिएका हौ अभियान्ता पन्थी जानकारी दिए।
हस्तिचौर बासीहरु कोही अप्ठ्यारो मा प्रने बितिकै प्रायजसो ले लिने नाम भनेकै चुरा बहादुर खत्री र बाबुराम पन्थी सहयोगी मन जुझारु युवा ईमान्दारी अर्को नामको परिचय बनाएका पन्थी र खत्री ले लामो समयदेखि देखि यता कैयौं दिन दुःखी हरूलाई सहयोग गर्दै आएका छन। सयौं व्यक्ति को ज्यान बचाएका छन दुखमा परेका हरूलाई स्वायम आफैं सहयोग त गर्छन नै तर सहयोगार्थ स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदीबहिनी हरू माझ आर्थिक संकलन गर्नको निमित्त बिभिन्न क्याम्पेनहरू चलाउदै आएका छन, करिब छ सात वर्ष देखि यता, निरन्तर रूपमा सहयोग गर्दै आएका छन , अहिले सम्म लगभग पचासौं लाख नगद र बिभिन्न राहतका सामाग्रीहरु दुख र अप्ठ्यारो परेका हरूलाई सहयोग गरेका हिमालय उच्च मावि का पुर्व प्रधानाध्यापक मिन बहादुर कुँवर ले बताउँछन्।
आर्थिक अभावले गर्दा ज्यान गुमाउपर्न थियो होला घरमा चुलो बोल्न बन्द हुँने अवस्थामा थियो। यो सहयोग ले अफ्ठ्यारो परिस्थितिको दल दल बाट थोरै भएपनि माथि उठाएको छ, यो आर्थिक सहयोग ले आफुहरू लाई केही भएपनि ले राहत महसुस गरेको उपचार को लागि सदरमुकाम सम्म जान सकेको केही समय भएपनि दुई छाक खाने वातावरण मिलाइदिएको मा वडा अध्यक्ष र चुरा बहादुर खत्री लाई र बाबुराम लाई धनिस्वारा ले धन्यवाद दिएकी थिइन्। पटक पटक सहयोग गर्दै आउनुभएको उहाहरु हाम्रो ऐ भगवान जस्तै बनेर आउनु भएको उनले भनिन्, दुखको बेला स्थानीय सरकार समक्ष केही सहयोग को लागी आग्रह समेत गरेकी छन। आम्दानीको स्रोत भनेकै (बृद्धा भत्ता) सामाजिक सुरक्षा भत्ता मात्र भएको हुँदा सरकारले थोरै भए पनि भत्ता बढाईदिए दुई छाक खान सधैभरी पुग्ने थियो उनले भनिन्।