छड्के न्युज\ भाद्र २२ गुल्मी-गुल्मी जिल्लाको रेसुङ्गा वडा नं ७ अर्जुन डाडाँमा निमार्ण गरिएको सेल्फी टावरले आन्तरिकतथा बाह्य पर्यटकको मन लोभ्याउने गरेको छ । कोरोना कहरका बिचपनि सेल्फी टावरमा सेल्फी खिच्न र मनमोहक दृष्यको अबलोकन गर्न आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । सदरमुकाम तम्घास देखी ३ किलो मिटर उकालो चढेपछि पुगिन्छ अर्जुडाडाँ । अजुर्नडाडाँमा पुग्ने जो कोही पनि त्यहाँ र त्यस ठाउँबाट देखिने दृश्य अबलोकन गर्न मन पराउँछन् । माथिल्लो भेग हेर्दा रेसुङ्गा भने तल्लो भेग हेर्दा सदरमुकाम तम्घास बजार ।
चारैतिरको मनकोहक दृष्य हेर्न र फोटा खिच्न पाउने भएकाले यस ठाउँ आन्तरिक पर्यटकको लागी एक केन्द्र जस्तै भएको छ । टावर हेर्न दैनिक संयौ भन्दा बढि पर्यटक जाने गरेका छन् । अजुर्न डाडाँमा निर्मांण गरिएको सेल्फी टावरमा बसेर टिकटक बनाउँन र त्यहाँबाट देखिने दृष्य हेर्न पाउँदा पर्यटक खुसि देखिन्छन्। फेसबुक लगायत सामाजिक संजालमा टावर र अर्जुडाडाँको सिन देखि रहेकाले आफूहरु घुम्न आएको बताउँछन् आन्तरिक पर्यटक । लुम्बीनी प्रदेश सरकारको १५ लाख लगानीमा अर्जुडाडाँमा सेल्फी टावर निर्माण गरिएको हो । डाडाँमा गुफा,भुरे राजाले राज्य गरेको त्यस स्थानमा राजाको टाला ,पधँरे लिस्नो अहिले सम्म देख्न सकिन्छ ।
बि.स १४९२ स्थापना भगवती दुर्गा मन्दिर हाल अर्जुन भगवती दुर्गा मन्दिर नामले प्रख्यात छ । यस टावरमा चढेपछि अन्नपूर्णु माछापुच्छे र धौलागीरीहिम श्रीङखला र प्युठान ,अखर्घाखाचीँ ,पाल्पा ,स्याङ्गजा लगायतका जिल्ला अबलोकन गर्न सकिन्छ । जोकोहीको मनोरम दुश्य अवलोकन गर्न पर्यटकको मननै लोभिन्छ ।प्रदेश सरकारको लागानीमा टावर निर्माण भएतापनि त्यहाँ सम्म पुग्नको लागी राम्रो मोटरबाटो, खानेपानी, यातयात तथा होटलको व्यवस्थाको खाँचो रहेको टावर अबलोकन गर्न आएका आन्तरिक पर्यटक बताउँछन् ।
अजुन डाडाँ एक धार्मिक तथा पर्यटकीय स्थल भएकाले यस ठाउँमा घुम्न आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो । अर्जुनको बिकास र संरक्षण गर्ने उदेद्दयले सेल्फी टावर निर्माण गरी यसको प्रचारप्रसार डाडाँको बृह्त बिकास गर्न लागेकोे वडा कार्यलयले जनाएको छ ।
(हेर्नुहोस् साझा टेलिभिजन एचडिका गुल्मी संबाददाता मनोज कार्कीले तयार पारेको भिडियो रिर्पोट)