अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ का हलिम खान १८ बर्षको उमेरमै नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि बनेका छन् ।हरेक दलको राजनैतिक नेतृत्व युवाहरुमा जानुपर्छ भन्ने आवाज जताततै गुन्जायमान भइरहेको सन्दर्भमा नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनमा अधिकांश युवाहरु नेतृत्व तहमा आइरहेका छन् ।
यसै परिप्रेक्ष्यमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका २ बाट जिल्लामै सबैभन्दा कम उमेरका हलिम खान १८ वर्षको उमेरमा क्षेत्रीय प्रतिनिधिका रुपमा चयन भएका छन् । राजनैतिक यात्रामा आफुले कहिल्यै थकाइ नमान्ने बताउने उनले पार्टीका अग्रजहरुको सहि सल्लाहलाई मानेर अघि बढ्ने पनि बताएका छन् ।
सन्धिखर्क नगरपालिका २ स्थायी घर भएका खाँन विद्यार्थी राजनीतिमा पनि निकै सक्रिय र जुझारु युवा व्यक्तिका रुपमा जिल्लामा परिचित छन् । नेपाल विद्यार्थी संघ सन्धिखर्क नगर सदस्यको जिम्मेवारी समेत सम्हालेका र राजनीति तर्फको विशेष चासो राख्ने भएका कारण निर्विरोध रूपमा आफुले क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी पाएको र उक्त जिम्मेवारीलाई सहि ढंगले निर्वाह गर्ने दावी समेत गरेका छन् ।