जिल्ला प्रशासनले बजार खोल्न दिने निर्णय गरेपछि यहाँका बजार पसलमा बिस्तारै चहलपहल बढ्न थालेको हो। बजारमा चहलपहल बढेपछि नजिकै आएको हिन्दु महिलाहरुको महान पर्व तीजका लागि किनमेल गर्नेहरुको भिड लागेको थियो।
खास गरी तीज पर्व मनाउन कपडा पसल तथा खाद्यान्न पसलहरुमा चहलपहल बढी देखिन्छ।झण्डै ५ महिना सम्म सुनसान जस्तै बनेको तम्घास बजार निषेधा-ज्ञा खुकुलो बनाइएका कारण जिल्लाका ग्रामीण वस्तीबाट किनमेलका लागि आएका छन्।
नि’षेधाज्ञा खुले पनि कोरोना संक्रमणको त्रासले चाडबाडको समयमा व्यापार नभएको व्यवसायी रबिना खातुनले बताइन्। गत वर्ष जस्तो व्यापार नभएको र कोरोनाका कारण वर्षेनी व्यापार घट्दै गएको उनको भनाइ छ।