गुल्मी- गुल्मी जिल्लाको मुसिकोट नगरपालिका बडा नम्बर ८ का मैदानका ४६ बर्षीय बिरे दाइको रमाइलो गरि संचारकर्मी मोहन बस्नेतले तयार पारेको भिडियो सहित उहाँ ले पुराना मौलिक सालैजौ,यानीमाया तथा तिजका गित गाउनु हुन्छ ।उहाको मिठो स्वरको प्रशंसक धेरै भए संगै निकै रुचाएका पनि छन। सामाजिक संजालमा भाइरल भएका उनको निकै मिठो स्वरका साथै गितमा मौलिकता पनि छल्कने गरेको भेट्न समेत पाइन्छ। आज भोली बिरलै मात्र सुन्न पाहिन मौलिक गितको लोभ हुदै गएको छ। आधुनिक समाज संगै गित पनि फेरिएको र नया पुस्ताले पुराना गितलाई पाखे गितको दर्जा समेत दिएका छन।
बिरे दाईको नामले परिचित ४६ बर्षिय बिर बहादुर बिश्वकर्माको आवाजमा लठ् नपर्ने सायदै कम होलान। उहाले बाउबाजेको पाला देखि चल्दै आएको आरने काम संम्हाल्दै आउनु भएको छ। बिहान बेलुका धौ धौ संग खान पुग्ने पेशा अङ्गालेको मा आज भोलि दु:ख लाग्छ भन्दै दु:खेसो पोख्नु भयो।सानै उमेर अर्थात ११ बर्षको क’लिलो उमेर देखि परिवारको आर्थिक अवस्था कमजोरी भएकै कारण आरने पेशा अंगालेका थिए।
शारीरिक बल धेरै लाग्ने काम भएको कारण उनी बिरामी भएर तिन बर्ष सम्म बिस्तारामा ल’डेका थिए।शरिर देखि आफन्त सम्म सबैले मर्छ’स भनेर आश मारेका उनी अरुले हसिलो मुहार सहित गित गाउन पाउदा दोस्रो जिवन पाएको बताउछन। तिन जना छोरा र श्रीमान श्रीमतीको परिवारलाई खान लगाउन पुराएका छन उनी एक्लैले,उमेर बढेसंगै शारीरिक अवस्था कमजोरी हुदै गएको बताए ।
तिजको गित गाएर भाइरल भएका उनकी श्रीमती निकै खुसि छन।बिरे दाइले महिलाको आवाजमा पनि गित गाउनु हुदो रहिछ सबैलाई लोभ्याउने कलाले भरिएका उनको आर्थिक अवस्था कमजोर भएकै कारण ओझेलमा परेको छ। सबैले रुचाइएको कार्यक्रम इन्द्रेणीमा गएर गित गाउने ठुलो धोको भएका उनको इच्छा छिटै पुरा होस। भिडियो हेर्नका लागि तलको लिन्क थिच्नुहोस :https://youtu.be/rliK5PjXjfo