राधा पोखरेल , भाद्र २६ गुल्मी –गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परिक्षणका क्रममा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले बताउनुभयो । उहाँका अनुसार जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो सोही अवधिमा २ जना निको भएर डिस्चार्ज भएका छन । जिल्लामा संक्रिय संक्रमित ३ सय ३८ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९६ जनाले ज्यान गुमाएका छन ।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२